२०८२ बैशाख २७

प्रेस सेन्टर रुपन्देहीको जिल्ला अधिबेशन सम्पन्न,अध्यक्षमा बिष्णु पोखरेल
  • लुम्बिनी खोज
  • २०८१ पुष २६, शुक्रबार ०६:३४ गते

बुटवल,२६ पुस ।
प्रेस सेन्टर नेपाल रुपन्देहीको आठौँ जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बुटवलस्थित सहिद स्मृति प्रतिष्ठानमा बिहिबार सम्पन्न अधिवेशनले विष्णु पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा टंक सुनार र माया केसी, सचिवमा सनु थापा, सह–सचिवमा रिया बस्नेत र कल्पना घिमिरे तथा कोषाध्यक्षमा भरत पाण्डेय रहेका छन भने कार्यसमिति सदस्यमा सुनिता चुदाली, नेत्र रुचाल,जगलाल नेपाली, रेशम अधिकारी लगायत रहेका छन् ।

सेन्टरको आठौ अधिवेशनले अध्यक्षको प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै नयाँ कार्य समिति चयन गरेको संगठनका निर्वाचन मण्डल संयोजक तथा अनुशासन आयोगका केन्द्रिय सचिव गुनाराम घिमिरेले जानकारी दिए ।

अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक निर्मल जिसी, प्रेस सेन्टरका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह बिश्वकर्मा, जिल्ला इन्चार्ज सरु राना, पुर्व अध्यक्ष कमल रायमाझी लगायतले जनपक्षीय पत्रकारिता गर्नुपर्नेमा जोड दिए । वक्ताहरूले जनपक्षीय पत्रकारिता कमजोर हुँदै गएको उल्लेख गर्दै प्रेस सेन्टरमा आबद्ध पत्रकारले आवाज विहीनको आवाज बनेर पत्रकारिता गर्नुपर्ने बनाउनुपर्ने बताए ।

प्रेस सेन्टरले यहि माघ १६ देखि १७ गतेसम्म महाधिवेशन गर्दैछ । राष्ट्रिय महाधिवेशनको तयारी स्वरुप हरेक पालिका र जिल्लामा अधिवेशन गरिसकेको प्रेस सेन्टरले लुम्बिनी प्रदेश अधिवेशन माघ ७ र ८ गते दाङमा गर्दैछ ।