२०८१ श्रावण १२

देवदहमा ढुंगामा कुदिए मुर्तिहरु
  • लुम्बिनी खोज
  • २०७८ चैत्र २३, बुधबार १२:४४ गते

बुटवल  ।
देवदह क्षेत्रको पर्यटन विकासमा टेवा पुर्याउन गरिएको मुर्तिकला कार्यशालामा शान्तिका अग्रदुत गौतम वुद्धसग समवन्धित मुर्तिहरु बनाइएको छ । वुद्धको मावलि देवदहमा वुद्धसग सम्वन्धित मुर्तिहरु ढुंगाहरुमा कुदिएको छ । १५ दिनको कार्यशालामा यहा ठूलठूला ढुंगाहरुमा आर्कषक मुर्तिहरु कुदिएका छन ।
देवदहस्थित स्मृति सामुदायिक वनको स्मृति वन वाटिकामा कुदिएका मुर्तिहरु मध्ये बुद्धले ध्यान गर्दै गरेका देखि विभिन्न भाव झल्काउने रहेका छन ।
ड्रिम देवदहका अध्यक्ष समेत रहेका लुम्विनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराइले देवदह बुद्धको मालवी क्षेत्र रहेकाले वुद्धको मावली जस्तो झल्किने गरी विकास गर्न टेवा पुगोस् भनेर यस किसिमको कार्यशाला गरिएको बताए । उनले यहा कुदिएका मुर्तिहरुमा बुद्धले ध्यान गरिरहेको देखि विभिन्न भाव झल्काउने खालका रहेको बताए ।
२४ जना मुर्तिकारहरु सहभागि रहेको यस कार्यशालामा १५ दिन लगाएर १९ मूर्ति तयार भएका छन् । यसले पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने र आगामी दिनमा अझ रचनात्मक काम गरिने कार्यक्रम संयोजक समेत रहेका लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराई बताए । ‘यसअघि देवदहकै अर्को पार्कमा काष्ठकलाबाट बुद्धको महत्व र यहाँको इतिहाससँग जोडेर मूर्तिहरु तयार गरिएको थियो अब आगामी दिनमा अरु पार्कहरुमा अरु खालको कला झल्काउने प्रयास हाम्रो रहनेछ ।’उनले भने ।
२७ बिघा जमिन रहेको वन क्षेत्रको पाँच बिघामा बुद्धसँग जोडिने र भाव झल्काउने मूर्तिहरु तयार भएका छन । मुर्तिकारहरुलाई सम्मान गर्न कार्यशाला स्थल पुगेका लुम्विनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री घिमिरेले यस किसिमको कार्यले पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने भन्दै रचनात्मक कामका लागि योजना बनाएर अगाडी बढ्न आग्रह गरे । प्रदेशमा पर्यटन क्षेत्रको विकासमा विभिन्न योजना अगाडी बढाएको भन्दै देवदहको विकासमा प्रदेश सरकारले सहयोग पुर्याउने धारणा पनि उनले राखे । कार्यशाला समापन कार्यक्रममा प्रदेश सांसद डाक्टर कृष्ण न्यौपाने, देवदह नगरपालिकाका प्रमुख हिरा केसी, तथा विभिन्न दलका नेता स्थानिय संघ सस्थाका पदाधिकारी सदस्यलगायतको सहभागिता रहेको थियो ।