२०८१ माघ १
बुटवल २९ पुस ।
लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिएको छ । माघे संक्रान्ती तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक बर्ष माघ २ गते सार्वजनिक विदा दिदै आएको हो । यस बर्ष पनि माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय यथावत रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेद्धारा जारी विदा सम्वन्धी सुचनामा २ गते विदा रहेको उल्लेख छ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ती तथा माघ पर्वको अवसरमा सार्वजनिक विदा निर्णय गरेको थियो ।