२०८२ बैशाख २७

छाडा चौपाय व्यवस्थापनमा सिद्धार्थनगरको सक्रियता
  • लुम्बिनी खोज
  • २०८१ माघ ६, आईतवार ०९:२७ गते

भैरहवा ६ माघ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपलिका भैरहवाले छाडा चौपाय व्यवस्थापनमा सक्रियता देखाएको छ । अघिल्लो बर्ष पश्चिम नवलपरासीको एक गौशालाको समन्वयमा छाडा चौपाय व्यस्थापन गरेको नगरपालिकाले यो पकट कपिलबस्तुको बाणगंगा नगरपलिकासगंको समन्वयमा व्यबस्थापन सुरु गरेको हो ।
यो बर्ष शनिवारदेखी छाडा चौपाय व्यवस्थापन अभियान सुरु गरिएको र पहिलो दिन ५० भन्दा बढी छाडा चौपाय बजार क्षेत्रबाट नियन्त्रणमा लिईएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए । उनका अनुसार ती गाईगोरु कसैले आफ्रनो भनी दावी गर्न आएमा न्युनतम सात हजार जरिवाना गराएर दिईने र अन्यथा व्यस्थापनको लागी कपिलबस्तु लैजाने तयारी भैरहेको छ ।
नगर क्षेत्रभित्र दूध दिन छोडेका र बिरामी गाईगोरु छोडिदिने चलन बढेको र यसले गर्दा सडकमा छाडा गाईवस्तु बढ्न थाले पछि व्यस्थापन सुरु गरिएको सिद्धार्थनगर नगरपलिकाका प्रमुख इस्तियाक अहमद खाँले जानकारी दिए ।
सहर बजारका पसले, सडकमा गुड्ने गाडिदेखि बस्तीका किसानसम्मलाई छाडा चौपायाले हैरान बनाउन थालेपछि व्यस्थापन सुरु गरिएको उनले बताए । छाडा चौपाय व्यस्थापनकोलागी नगरपालिकाले वडा नं ११ मा आफ्ै गौशाला निमार्ण गर्न लागेको र निमार्ण सम्पन्न नहुञ्जेल गौशाला र चरण क्षेत्र भएका पालिकाहरुसगं समन्वय गरेर व्यस्थापन गरिने नगर प्रमुख खाँले जानकारी दिए ।
सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं छाडाचौपाय व्यवस्थापन संयोजक भोला यादवले गाईगोरु धनिहरुले हेलचेक्राई गरी जथाभावि छाड्डा बजारमा छाडा चौपाय ब्यबस्थापन चुनौती बनेको उल्लेख गरे । उनले छाडाचौपायको सुरक्षित साथ व्यस्थापन सुरु गरिएको र यसलाई नियमित गरिने बताए ।