२०८१ माघ १६

द्वन्दको घाउँ सधैकालागि मेटाउनेगरी परिपुरणका योजना कार्यान्वयनमा आउछनः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ माघ १४, सोमबार ०७:२९ गते

बुटवल ४ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले द्वन्दको घाउँ सधैकालागि मेटाउनेगरी परिपुरण लगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । अमर प्रहरी परिवार र असक्त प्रहरी संघ लुम्बिनी प्रदेश समिति संगको छलफलमा उनले संघीय सरकारले परिपुरणको कामलाई अघि बढाउने र प्रदेश सरकारले द्वन्द पिडितको उपचार र उद्यमशिलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताए । ‘द्वन्दको घाउँ सधैंकालागि मेटाउनेगरी सरकारले काम अघि बढाएको छ । कानूनी रुपमानै यो समस्या समाधान गर्न सरकारले विधेयक समेत पारित गरेर कार्यान्वयन चरणमा पु¥याएको छ’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेश स्थापना भएदेखिनै द्वन्द पिडित र तिनका परिवारका सदस्यको उपचार निःशुल्क गर्ने, उत्पादन संग जोड्न सिपमुलक तालिम सञ्चालन गरिएका छन् । यसबाट पनि यहाँहरुले लाभ लिनुभयो होला भन्ने लागेको छ ।’
द्वन्द पिडितको समस्या समाधान गर्न संघीय सरकारले काम गरिरहेको र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको कामलाई पनि सहमतीको आधारमा अघि बढाउने प्रयत्न सरकारले गरेको भनाई उनको छ । ‘लुम्बिनी प्रदेश द्वन्दबाट प्रभावित भएको र धेरै क्षती व्यहोरेको मध्यमा पर्छ । सरकारले परिपुरणको योजना निर्माण गरेर अघि बढ्छ ।’ उनले भने । संस्थापक अध्यक्ष तथा संरक्षक नवराज श्रेष्ठ र कोषाध्यक्ष हरी सुनारले परिपुरणका योजना संग जोडिएका बिषयहरु समेटिएको ज्ञापनपत्र समेत बुझाए । विभिन्न उपयुक्त स्थानमा सहिद स्मारकर शान्ति पार्क निर्माण, आर्थिक सहायता लगायका बिषयहरु समेटिएका छन् ।