२०८२ बैशाख २६

सुनको मूल्य तोलामा १ हजार ४ सय बढेयो
  • लुम्बिनी खोज
  • २०८१ माघ २८, सोमबार ०९:५६ गते

बुटवल, २८ माघ ।

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।

सुन तोलाको १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।