२०८२ बैशाख २६
बुटवल , ६ फागुन ।
थकाली सेवा समिति नेपाल क्षेत्रीय समिति बुटवलको १३औ अधिवेशन तथा ४० औ साधारण सभा बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले नेपाल तारा गौचनको अध्यक्षतामा १९ सदस्यिय नया कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बिमल गौचन र प्रमिला गौचन चयन भएका छन । सचिवमा बसन्त गौचन ,सहसचिवमा श्याम गौचन र कोषाध्यक्षमा लाल बहादुर गौचन र सहकोषाध्यक्षमा गंगा गौचन चयन भएका छन । त्यस्तै सदस्यहरुमा धमेन्द्र शेरचन , भुपेन्द्र शेरचन ,माया गौचन , रेशम गौचन , मित्र गौचन ,मिना शेरचन,वुद्धी शेरचन र गिता शेरचन रहेका छन ।
हाललाई १५ सदस्यिय चयन गरिएको पछि चार जना सदस्य थप गरि १९ सदस्यिय कार्य समिति बनाइने सेवा समितिका नव निर्बाचित सचिव वसन्त गौचनले जानकारी दिए ।
बुटवलमा सम्पन्न थकाली सेवा समिति बुटवलको १३ औ अधिवेशन तथा ४० औ साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्याप्टेन शिव प्रसाद शेरचनले थकालीहरु बिच आपसी भाइचारा सबन्ध स्थापित गर्न यस सेवा समितिको आबस्यक्ता रहेको औल्याउदै समितिका माध्यमबाट सामाजिक कार्यमा क्रियासिल रहनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा भिम तुलाचन , जनजाति महासंघ रुपन्देही जिल्ला अध्यक्ष चित्रलाल तुलाचन , बुटवल नगरअध्यक्ष अरुण कुमार श्रेष्ठ ,बुटवल उपमहानगरपालिका बडानं ४ का वडा सदस्य पुनम थापा , लक्ष्मीनगर सामुदायिक बन उपभोक्त समितिका अध्यक्ष सर्बजित केसी लगायतले बोल्दै थकालीहरु आफ्नो धर्म संस्कृतिको संरक्षण गदै सामाजिक क्षेत्रमा कृयाशिल रहन आग्रह गरेका थिए ।
कार्यक्रममा जेष्ठ नागरिक र एसइइ परिक्षामा राम्रो अंक ल्याई सफल बिद्यार्थीलाइ सम्मान समेत गरिएको थियो । कार्यक्रम लाल बहादुर गौचनको अध्यक्षतामा र सचिब जिवन गौचनको संचालन सम्पन्न भएको थियो ।
कार्यक्रमा समितिका उपाध्यक्ष प्रमिला गौचनले स्वागत मनतब्य राखेकी थिइन ।