२०८२ जेष्ठ ९
विज्ञान प्रवर्द्धनका लागि विद्यालय विकास योजनाको लेखाजोखा तथा पुनरावलोकन कार्यशाला कालिका मानवज्ञान मावि बुटवलमा सोमबार सम्पन्न भएको छ।
उक्त अवसरमा विज्ञ परामर्शदाता नेपाल सरकारका पूर्व सचिव जनार्दन नेपालले देशका नीति निर्माताहरूको दृष्टिकोण ठिक भएतापनि व्यवहारमा एकरुपता नहुनाले समस्या आएकोमा दुःख व्यक्त गर्दै देशको समग्र शिक्षाको अवस्थाको बारेमा चर्चा गरे ।
कालिका मानव ज्ञान माविका प्रधानाध्यापक दिनेश थापाको अध्यक्षतामा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक हरिप्रसाद अर्यालको सञ्चालनमा सम्पन्न समापन कार्यक्रममा एसियाली विकास बैंकका वित्त व्यवस्थापक माधव आचार्य ,डाक्टर प्रमोद भट्ट ,एसियाली विकास बैंकका कन्सल्टेन्ट निशा पाण्डे र सहभागी विद्यालयका प्रधानाध्यापकहरूको तर्फबाट गुरुजजुर मावि दाङकी प्रधानाध्यापक विष्णुकुमारी केसी लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा सहभागि नवीन औद्योगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार कार्यशालामा लुम्बिनी प्रदेशका बाँके जिल्ला बाहेक ११ वटा जिल्लाका १६ वटा विज्ञान प्रवर्धनका लागि छनोट भएका विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । कार्यशालामा सहभागिता रहेकोमा सबै विज्ञान विषय प्रवर्धन कार्यक्रममा छनोट भएका विद्यालयहरूको अवलोकन गर्ने कार्यक्रम भएकोमा पहिलो चरणमा कान्तिमावि बुटवलले विज्ञान प्रवर्धन कार्यक्रमको लागि गरेका असल अभ्यासहरू विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले प्रस्तुत गरेका थिए । दोस्रो चरणमा असल शैक्षिक अभ्यासको क्रममा नेपाल प्रथम हुन सफल शान्ति नमुना मावि मणिग्रामले विज्ञान प्रवर्धनको लागि अवलम्बन गरेका असल शैक्षिक अभ्यासहरू विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले प्रस्तुत गरेका थिए ।