२०८२ असार २७
बुटवल १४ जेठ ।
लुम्बिनी प्रदेश सभा सदस्य जनमत पार्टीकी (सांसद) गीता गुरुङ पदमुक्त भएकी छन्।
प्रदेश सभाको बुधवारको बैठकमा सभामुख तुलाराम घर्ती मगरले जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ पदमुक्त भएको जानाकारी प्रदेश सभालाइ गराएका छन् ।
सभामुखका अनुसार संसदीय दल र प्रदेश सभालाई सूचना नदिइ लगातार १० वटा बैठकमा उपस्थीत नभएपछि उनी पदमुक्त भएकी हुन् । गीता गुरुङ लगातार अनुपस्थीत भएको अनुरोध मंगलवार आएको र प्रदेश सभाको प्रशासन शाखाले पनि निज लगातार १० वटा बैठकमा अनुपस्थीत रहेको प्रतिवेदनपनि दिएको भन्दै सभामुखले संविधान बमोजिम निज को प्रदेश सभा सदस्यको पद रिक्त हुन गएकोले प्रदेश सभा नियमावली अनुसार सभालाई जानाकारी गराएको बताए ।
गत वैशाख ३० गते सामाजिक सञ्जालमार्फत गीता गुरुङको राजीनामा सार्वजनिक भएको थियो । पछि एक इमेल आइडी मार्फत प्रदेशसभाको इमेलमा पनि उनको राजीनामा पुगेको थियो ।
प्रदेश सभाले गुरुङलाई राजिनामा सनाखतका लागि उपस्थीत हुन पत्र समेत लेखेको थियो । राजिनामाको आधिकारीताका लागि उनलाई पत्रचार गरिएको संसद सचिवाललय जनाएको थियो ।
लुम्बिनी प्रदेश सभामा ८७ सदस्य रहेकोमा गीता पदमुक्त भएपछि अब ८६ सदस्य रहेका छन् ।