२०८२ श्रावण ७

दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा
  • लुम्बिनी खोज
  • २०७९ बैशाख ६, मंगलवार १७:३६ गते

 विश्व वरियताका प्रिन्स दाहाल सहितको ९२ टीमको प्रस्तुती रहने
बुटवल ।
बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुधबार देखि बुटवलमा शुरु हुने दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को तयारी पुरा भएको छ । नवदिप कवर्ड हलमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको क्लबका अध्यक्ष गोपाल टण्डनले बताए । प्रतियोगितामा भाग लिन आउने टीमहरु करिव सबै बुटवल आई पुगेका छन । प्रतियोगितामा ९२ टीमको सहभागिता रहेको छ । बैशाख ७ देखि १० गतेसम्म संचालन हुने प्रतियोगितामा पाँच विद्यामा खेलहरु खेलाईने छ । मेन्स सिगलमा २५ टीम, मेन्स डबल्समा २६, भेट्रान्स ४५ वर्ष माथि२२, सुपर भेट्रान्स ५५ वर्षमाथि ९ र महिलातफको सिगलमा १० टीम गरी ९२ टीमको सहभागिता रहेको कार्यक्रम संयोजक शम्भु भट्रराईले बताए । प्रतियोगितामा विश्व बरीयताका प्रिन्स दाहाल राष्ट्रिय प्रतियोगिताका एक नम्बर रैङकिगं दिपेश धामी लगायतका उतष्कृष्ट खेलाडी हरुको प्रतिष्प्रधा रहने छ । पांच विधामा गरि काठमाडौ वाहिर ठलो धन राशीको प्रतियोगिता पहिलो भएको आयोजकले दावि गरेका छन । प्रतियोगितामा मेन्स सिङ्गल र मेन्स डबल्सतर्फ प्रथम पुरस्कार ५० हजार रुपैंया, द्घितीय ३० र तृतीयलाई २० हजार रुपैंया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि भेट्रान्स ४५ वर्ष माथि उमेर समुह र महिला सिङ्गलमा प्रथमलाई ३० हजार रुपैया, द्घितीय २० र तृतीयलाई १० हजार रुपैंया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
यसैगरि ५५ वर्षमाथि उमेर समुहको प्रथमलाई २० हजार रुपैंया, द्घितीय १५ हजार र तृतीयलाई १० हजार रुपैंया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितालाई मुख्य प्रायोजक लुम्बिनी वर्ड स्कुल मधवलिया रहेको छ ।