२०८२ असार १८
रुपन्देहीका १० सामुदायीक विद्यालयका विद्यार्थीले ल्याए ४ जिपिए, सस्थागत तर्फ उत्कृष्ट विद्यालयको उत्कृष्ट नतिजा
बुटवल १५ असार ।
शिक्षामा अब्बल ठहरिएका रुपन्देहीका सामुदायीक विद्यालयहरुको नतिजा यस पटकको एसइइमा पनि उत्कृष्ट आएको छ । देशका १० ठूला सामुदायीक विद्यालय मध्ये रुपन्देहीमा ४ वटा रहेका छन् । ती ४ वटैमा नतिजा सन्तोषजनक आएको छ ।
विद्यार्थी संख्याका आधारमा देशकै तेस्रो ठूलो विद्यालय रुपन्देहीको शान्ति नमुना माविबाट यस पटक १८ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । यहाबाट इसइइमा सहभागी विद्यार्थी मध्ये २०७ जनाले ३.६ देखि ३.९९ सम्म जिपिए ल्याएको प्राचार्य कुलप्रसाद लामिछानेले बताए । शान्तिमा ५ हजार ६ सय भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
त्यस्तै मुलुककै ठूलो सामुदायीक विद्यालय कालिका मानवज्ञानबाट ७ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेको प्रचार्य दिनेश थापाले बताएका छन् । यहा ७ हजार ४ सय भन्दा पनि धेरै विद्यार्थी अध्ययनरत छन् ।
त्यस्तै विद्यार्थी संख्याका आधारमा चौथो ठूलो सामुदायीक विद्यालय कान्ति मावि बुटवलबाट एक जनाले ४ जिपिए प्राप्त गरेका छन् । कान्तिमा ५ हजार ३ सय भन्दा पनि धेरै विद्यार्थी अध्ययनरत छन् ।
त्यस्तै मुलुककै सातौ स्थानमा रहेको बुटवलको नवीन औद्योगिक कदरवहादुर रिता माविबाट पनि एक जना विद्यार्थीले ४ जिपिए ल्याएको प्राचार्य प्रेमवहादुर वस्नेतले बताए । यहा ४ हजार ४ सय भन्दा पनि धेरै विद्यार्थी अध्ययनरत छन् ।
रुपन्देहीमा ८७ जना विद्यार्थीले ४ जिपिए प्राप्त गर्दा सामुदायीकका मात्रै ३९ जना विद्यार्थी रहेका छन् । यहाका १० वटा सामुदायीक विद्यालयका विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् ।
बुटवलको नया गाउ माविका ३ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । सैनामैना सेकेण्डरी स्कूलका ४, श्रीनवरत्न सेकेण्डरी स्कूलका २, सिद्धेश्वर लालकुमारी मावि बुटवलका १, जनकल्याण सेकेण्डरी स्कूल सैनामैनाका एक र रामापुर माविका एक जना विद्यार्थीले पनि ४ जिपिए प्राप्त गरेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाय रुपन्देहीका प्रमुख उपसचिव माधव वन्जाण्डेले रुन्दिेहीमा ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ८७ रहेको बताए ।
उनका अनुसार सबैभन्दा धेरै बुटवलका ४७, तिलोत्तमाका २०, सैनामैनाका १०, सियारीका ३, सिद्धार्थनगरका ३, देवदह र सुद्धोधनका २–२ जना र कञ्चनका एक जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् ।
सस्थागत तर्फ उत्कृष्ट विद्यालयको उत्कृष्ट नतिजा
रुपन्देहीमा सस्थागत विद्यालयमा उत्कृष्ट विद्यालयको पहिचान बनाएका यहाका केही विद्यालयहरुको नतिजा यस पटक पनि सन्तोषजनक रहेको छ । बुटवलको न्यू होराइजन इगलिस वोडिङ सेकेण्डरी स्कूल बुटवलका ११ जना विद्यालयले ४ जिपिए ल्याएका छन् ।
बुटवलको अक्सफोर्ड सेकेण्डरी स्कूल बुटवलका १० जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएको प्राचार्य दिनेश भुसालले बताए । बुटवलको दीप वोडिङ हाई स्कूलबाट २, तिनाउ इगंलिस वोडिङ स्कूलका २ , गाग्री एकेडेमी स्कूल बुटवलका २, एभरेष्ट इगंलिस वोडिङ स्कूलका एक जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाय रुपन्देहीका प्रमुख उपसचिव वन्जाण्डेले रुपन्देही जिल्लाको माध्यमिक शिक्षा परीक्षा एसइइ २०८१ को नतिजामा उल्लेख्य सुधार भएको बताए । यस वर्ष ७१ दशमलव १ प्रतिशत विद्यार्थीहरु सफल भएको र यो गत बर्षको नतिजाको तुलनामा २४ दशमलव ५९ प्रतिशत बढी रहेको बताए ।