२०८२ असार १८
बुटवल १५ असार ।
२०८१ को एसईईमा ४ जीपीए ल्याउने नवीन औद्योगिक कदरबहादुर रिता मावि देवीनगरका विद्यार्थीलाई आइतबार सम्मान गरिएको छ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा विद्यालयमा सम्पन्न कार्यक्रमको माध्यमिक तह इन्चार्ज कपिल प्रसाद पौडेलले सञ्चालन गरेका थिए । कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका उपप्राध्यापक तथा विद्यालयका अभिभावक टेकराज पन्थी , सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे, विज्ञान समूह इन्चार्ज लक्ष्मीनारायण चौधरी, भौतिकशास्त्र विषयका संयोजक बाबुराम पौडेल , ४ जीपीए ल्याउने विद्यार्थी आर्यन पौडेल , मेधावी विद्यार्थी निर्माण पन्थी, प्रतिज्ञा चन्द र नवीन विद्यार्थी क्लबकी सचिव समीक्षा कुँवर लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा ४ जीपीए ल्याउने आर्यन पौडेलका बुवा दिलबहादुर पौडेल र आमा कल्पना केसी पौडेल र उत्तीर्ण सबै विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो।
२०८१ को एसईई तथा टिएईई परीक्षामा २९६ जना विद्यार्थीहरूले परीक्षा दिएकोमा ३.६ देखि ४ जीपिए ल्याउने ४४ जना, ३.२ जीपीएदेखि ३.६ जीपिए सम्म ल्याउने १०१ जना, २.८ देखि ३.२ जिपिएस सम्म ल्याउने ९२, जना २.४ देखि २.८ जिपिए ल्याउने ३८ जना र २ देखि २.४ जिपिए ल्याउने २ जना गरी २७७ जना विद्यार्थीहरू उत्तीर्ण भएका थिए । समग्रमा विद्यालयको उत्तीर्ण प्रतिशत ९४ प्रतिशत रहेको र जिल्लामा उत्कृष्ट नतिजा प्राप्त भएको विद्यालयले जनाएको छ।