२०८२ भाद्र १९

कालिका मानवज्ञानमा विद्यार्थी अभिमुखिकरण तथा स्वागत
  • लुम्बिनी खोज
  • २०८२ श्रावण २, शुक्रबार १०:२६ गते

बुटवल ।
राष्ट्रिकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयको रुपमा पुरस्कृत बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान मावि विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको लागि अभीमुखिकरण कार्यक्रम गरेको छ ।
शैक्षिक सत्र २०८२÷०८३ का लागि भर्ना भएका विद्यार्थीहरुलाई उत्पेरेणात्मक कार्यक्रम सहित अभिमुखिकरण कार्यक्रमको सुरु गरिएको हो । ३ दिन सम्म चल्ने कार्यक्रममा पहिलो दिन सेक्टर १ कालिका नगर र सेक्टर २ रामनगरमा कक्षा ११ व्यवस्थापन संकायमा विहानी र दिवा समुहमा भर्ना भएका विद्यार्थीहरुको लागि कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विद्यालयका प्रमुख सल्लाहकार तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले अबको २१ औं सताब्दीको शिक्षा पढ्ने, घोक्ने भन्दा पनि सिक्ने र सिकाउने थलोको रुपमा विकास भएको र सोही अनुसार विद्यार्थीले के सिक्ने भन्ने कुरा प्रधानता हुने बताए ।
कालिका मानवज्ञान माविका पुर्व प्रधानाध्यापक समेत रहेका पाठकले राष्ट्रकै सर्वोच्च सामुदायीक विद्यालय कालिका मानवज्ञान मावि छनौट गर्ने विद्यार्थीलाई धेरै धेरै धन्यावाद दिदै उनले सिकाई उपलब्धीको लागि कालिका एउटा ब्रान्डको रुपमा विकास भएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कालिका मानवज्ञान मावि सफलता चाहानेहरुको उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गएको भन्दै सफलता प्राप्तीको लागि कालिका रोज्ने विद्यार्थीहरुलाई हार्दिकता पुर्वक स्वागत रहेको बताए । उनले कालिकामा रकम अभाव, गरिबीको कारण कुनै पनि विद्यार्थी शिक्षाको न्यानो घामबाट बञ्चीत हुने वातावरण कहिल्यै पनि नआउने प्रतिवद्धता समेत व्यक्त गरे । दुई वटा सेक्टरमा आयोजना गरिएको कार्यक्रममा सेक्टर १ का व्यवस्थापन संकाय (विहानी) ईन्चार्ज शेरचन्द्र गिरी, दिवा ईन्चार्ज सुर्दशन रेग्मी, सेक्टर २ विद्यालय ईन्चार्ज कृष्ण गौतम, सहायक प्रधानाध्यापम लोकराज घिमिरे, पिताम्बर बन्जाडे, खेल प्रशिक्षक हरिष कुमार ओली, लेखा विषय विभाग प्रमुख लक्ष्मण प्रसाद गैरे , शिक्षक अभिभावक संघका अध्यक्ष केशवराज ज्ञवालीलगायतले आ आफ्नो भनाई राखेका थिए ।
विद्यालयले आट्स, फाईन आर्ट्स र कानूनका विद्यार्थीहरुको लागि साउन ४ गते, विज्ञान तथा प्राविधीक धार (कम्प्युटर ईन्जीनीयरिङ्ग)का विद्यार्थीको लागि विहानी सत्रको साउन ५ गते विहान ७ बजे र दिवा समुहको लागि सोही दिन १२ बजे अभिमुखिकरण कार्यक्रम राखेको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । विद्यालयमा कक्षा ११ मा हाल १ हजार ९ सय ९६ जना विद्यार्थी भर्ना भएका छन् ।