२०८२ पुष ५

बुटवलमा निःशुल्क छात्रवृत्ति परीक्षा
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक ३०, आईतवार १५:१४ गते

११ कक्षाका ३४४ विद्यार्थीले निःशुल्क छात्रवृत्ति पाउने

बुटवल, ३० कार्तिक ।
बुटवल उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरूमा अध्ययनरत ३४४ जना विद्यार्थीहरूले निःशुल्क छात्रवृत्ति पाउने भएका छन् ।
गरिब तथा जेहेन्दार विद्यार्थी छनोटका लागि बुटवल उपमहानगरपालिकाले आइतबार सम्बन्धित विद्यालयमै परीक्षा लिएको छ । बुटवलका १३ संस्थागत विद्यालयको कक्षा ११ मा हालसम्म भर्ना भएका तीन हजार चार सय ३६ विद्यार्थीमध्ये यस बर्ष तीन सय ४४ विद्यार्थीले निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
संस्थागत विद्यालयहरूले प्रदान गर्ने गरिब तथा जेहेन्दार छात्रवृत्तिलाई पारदर्शी र सम्बन्धित विद्यार्थीको पहुँच पुर्‍याउन निःशुल्क छात्रवृत्तिका लागि विद्यालय र उपमहानगरपालिकाले छुट्टाछुट्टै सुचना प्रकाशित गरि परीक्षा लिने गरिएको  प्रमुख पाण्डेयले बताए ।
उनका अनुसार ११ कक्षामा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले कक्षा १२ पनि निःशुल्क अध्ययन गर्न पाउनेछन् ।
छात्रवृत्ति छनोटका लागि सम्बन्धित विद्यालयले परीक्षाको ब्यवस्था मिलाएको भए पनि परीक्षाको अनुगमनका लागि उपमहानगरपालिकाले कर्मचारी खटाएको थियो ।