२०८२ पुष ५

नवीनमा स्वागत तथा विद्यालयसंग रोटरी कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८२ मंसिर ५, शुक्रबार १२:१८ गते

बुटवल, ५ मंसिर ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा स्वागत तथा विद्यालयसंग रोटरी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका इकाइ प्रमुख उपसचिव विष्णु प्रसाद पन्थीले रोटरी क्लव अफ बुटवल चौतारीले मानसिक स्वास्थ्य चेतना र तनाव व्यवस्थापन तथा ध्यानको विज्ञान र अभ्यास कार्यक्रम उदाहरणीय भएकोले विद्यालय तहबाट यस किसिमका संस्कृतिको विकास गर्नु पर्ने धारणा व्यक्त गरे । रुपन्देही जिल्लाको शिक्षा विकास समन्वय प्रमुखको हैसियतले सबै पक्षसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्वता पनि उनले व्यक्त गरे ।
सहज कर्ता डा. विनोद पौडेलले विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य चेतना र तनाव व्यवस्थापन विषयमा विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए ।
सहज कर्ता ई. माधव पौडेलले ध्यानको विज्ञान र अभ्यास विषयमा सहजीकरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका विशेषताहरु जानकारी गराउका थिए । उनले शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीलाई स्वागत गर्दै सफल कार्यकालको कामना पनि व्यक्त गरे ।
कार्यक्रममा कानुन समूह कक्षा ११ र १२ का विद्यार्थीहरु उच्च अदालत तुल्सीपुर दाङको अवलोकन भ्रमणको अनुभव कानुन समुहका विद्यार्थी अमृत बेवारे र हविवा खातुनले प्रस्तुत गरेका थिए ।
रोटरी क्लव अफ बुटवल चौतारीले एमविविएस परीक्षामा ५५ रेंकमा नाम निकाल्न सफल राजु यादवलाई एमविविएस अध्ययन गर्न रु. १५१११ आर्थिक सहयोग गरेकोमा रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष राजु अधिकारीलाई र विद्यालयको स्व. प्रतिमा काफ्ले स्मृति छात्रवृत्ति अक्षकोषका संरक्षक पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष बोधराज काफ्लेले ११००० सहयोग गरेकोमा सम्मान गरिएको थियो ।
रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा रोटरी क्लव अफ बुटवल चौतारीका संस्थापक अध्यक्ष तथा विद्यालयका वित्तशास्त्र विषय शिक्षक डा. विष्णु घिमिरेको संचालनमा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ सानोठिमी भक्तपुरका इन्जिनियर विश्व पौडेल, रोटरी क्लव अफ बुटवल चौतारीका पुर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु, विद्यालयका समुहगत इन्चार्ज, विषयगत प्रमुख र विज्ञान समूहका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।