२०८२ पुष ३

राममणिमा हाजिरी जवाफ प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०८२ मंसिर २९, सोमबार १०:१४ गते

बुटवल २९ मंसिर ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता आज (सोमबार) सम्पन्न भएको छ । क्याम्पसको स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि आयोजित प्रतियोगितामा बी.ए. चौथो वर्षको समूह पहिलो हुँदै चार हजार रूपियाँ नगदसहितको पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै दोस्रो हुने बी.बी.एस. तेस्रो वर्ष समूहले तीन हजार रूपियाँ नगदसहित पुरस्कार प्राप्त गरेको छ भने तेस्रो हुने बी.बी.एस. दोस्रो वर्ष समूहले दुईहजार नगदसहितको पुरस्कार प्राप्त गरेको प्रतियोगिता सञ्चालक खिमानन्द ज्ञवाली (के.एन. सागर) ले जानकारी दिए ।
क्याम्पसको अतिरिक्त क्रियाकलाप संयोजक जीवनकुमार पौडेलको अध्यक्षता एवम् कार्यबाहक क्याम्पस प्रमुख खुमकान्त पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा स्नातक तह अन्तर्गत बी.ए., बी.एड. र बी.बी.एस. का विद्यार्थीका आठवटा समूहलाई जनरल, बजर, इष्टिमेशन र फ्रि–फायर राउण्ड गरी चार चरणमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।