२०८२ पुष २३

कारको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु
  • लुम्बिनी खोज
  • २०८२ पुष २१, सोमबार १४:४१ गते

बुटवल । बुटवलको रामनगरमा कारको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । आज साँझ बुटवलको रामनगरमा कारले ठक्कर दिँदा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमा कार्यरत सहायक हवल्दार नागेश्वर पालको मृत्यु भएको हो ।
ड्युटीमा रहेका पालललाई बुटवल तर्फ आउँदै गरेको बाग्मती प्रदेश १-०३३-च००७७ नम्बरको टोयटा कारले ठक्कर दिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक कमल क्षेत्रीले बताए । ठक्करबाट गम्भीर घाइते भएका पालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।