२०८२ माघ ९

शान्ति नमुनामा छात्रवृत्ति वितरण एवम् सम्मान कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८२ माघ ८, बिहीबार १७:०७ गते

बुटवल ८ माघ ।
रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा बिहिबार छात्रवृत्ति वितरण गरिएको छ । अक्षयकोष दाताहरुले स्थापना गरेको ६६ वटा छात्रवृत्तिबाट करीव १ करोड ३० लाखको मुल धनबाट प्राप्त ब्याजबाट छात्रवृत्ति वितरण गरिएको हो ।
पढाई तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा दिने तथा अभिभावक विहिन बालबालिकाहरुलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यले जानकारी दिए ।
यस्तै गतबर्षको एसएलसी उतीर्ण ९ सय ८२ जना विद्यार्थी र एसइइमा उर्तीण ६ सय ५९ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयले सञ्चालन गरेका गतिविधिहरुको बारेमा अवगत गराउँदै पुण्य कार्यमा योगदान पु¥याउने अक्षयकोषदाताहरुलाई आभार व्यक्त गरे । कार्यक्रममा विद्यालयका अध्यक्ष शरद भट्टराइ, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईं, कक्षा ११–१२ का संयोजक राजेन्द्र के.सी.ले कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।
यसअघि बिहिबार बिहान प्रभातफेरि कार्यक्रम गरिएको छ । विद्यालयमा क्रियाशिल २० वटा क्लवको सहभागितामा मणिग्राम आसपासमा प्रभातफेरि कार्यक्रम गरिएको संयोजक रजनी के.सी. ले जानकारी दिइन् ।
वार्षिकोत्सवको मुल कार्यक्रम माघ ९ गते शुक्रबार हुनेछ । वार्षिकोत्सवका अवसरमा पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, नानी मुखपत्रको विमोचन, पि.टि. प्रदर्शनी, सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेलले जानकारी दिए ।