२०८२ माघ २७
बुटवल, २७ माघ ।
राष्ट्रिय सेवादलद्वारा संचालित तालिममा सर्वोकृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । राष्ट्रिय सेवादलद्वारा सिनियर डिभिजन तर्फ संचालित २० औं क्याडेट चौथो सामुहिक क्याम्पको उनासी दिन विद्यालयमा एक्काइस दिन राष्ट्रिय सेवादल हात्तीखोर नवलपरासीमा गरी एक सय दिनको तालिममा सर्वोकृष्ट विद्यार्थीलाई नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा सम्मान गरिएको हो । विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतका अनुसार एक सय दिनको ड्रिल, कवाज, लिखित परीक्षा, प्रस्तुतीकरण, मार्शल आर्ट, दौड, भलिवल, बुटवल र नृत्य लगायतका विधाबाट उत्कृष्ट भइ १८ वटा विद्यालयका ५३० जना मध्ये उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो । ५३० जना विद्यार्थी मध्ये छात्रा तर्फ सर्वोकृष्ट भइ माघ २० गते राष्ट्रिय सेवादल हात्तीखोरमा आयोजित दिक्षान्त कवाजमा सर्वोकृष्ट भइ प्रधानमन्त्री शुशिला कार्कीद्वारा सम्मानित अविक्षा श्रेष्ठलाई विद्यालयको तर्फबाट सम्मान गरिएको बस्नेतले बताए । कार्यक्रममा अविक्षाका बुवा, आमा र राष्ट्रिय सेवादलमा सम्पन्न भलिवलमा विजेता विद्यार्थी, रुपन्देही जिल्लाको स्याण्ड मोडल ब्रिफिङमा तृतीय हुन सफल नितु कुमारी गौड, अमृत राकस र अन्य राष्ट्रिय सेवादलमा सहभागी विद्यार्थीलाई सम्मान गरिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका सवल पक्षहरु र विशेषताहरु जानकारी गराएका थिए ।
राष्ट्रिय सेवादलद्वारा सर्वोकृष्ट भएकी अविक्षा श्रेष्ठले आफु अर्को बर्ष राष्ट्रिय सेवादल मार्फत भारत, पाकिस्तान, बंगलादेश, भुटानलगायतका सातवटा देशहरु भ्रमण गर्ने अवशर पाएको धारणा व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले नेपाल विश्वका उत्कृष्ट शिक्षा प्रणाली भएका देशहरुको छिमेकी भएकोले छिमेकीको शिक्षा प्रणालीले नेपाललाई पनि प्रभाव पार्ने भएकोले देशको शैक्षिक गुणस्तर सुधार गरी विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति निर्माण गर्नु पर्नेमा जोड दिए । बर्तमान समयमा सीपयुक्त शिक्षामा पहल गर्नु पर्ने धारणा उनले राखे ।
कार्यक्रममा २०८२ को दोस्रो त्रैमासिक परीक्षामा व्यवस्थापन, विज्ञान, कानुन र शिक्षा समुहमा उच्च जिपिए ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कार र कक्षागत प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै बुटवल उपमहानगरपालिका वडा नं। १८ मा आयोजित जिल्ला स्तरीय आइटिएफ तेक्वान्दोमा स्वर्ण, रजत र कास्य पदक प्राप्त विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा विज्ञान समूह कक्षा १२ मा अध्ययनरत विद्यार्थी कुशल फुल्देलले हालै सम्पन्न शैक्षिक अवलोकन भ्रमण असल भ्रमण अभ्यास व्यक्त गरेका थिए ।
बुटवल उपमहानगरपालिका वडा नं। ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा व्यवस्थापन समुहकी विद्यार्थी कुसुम शेरचनको संचालनमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे, विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरी, व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी, अर्थशास्त्र शिक्षक निलकन्ठ न्यौपाने, जु।ई। विशाल रावत, राष्ट्रिय सेवादलका समन्वय शिक्षक दीपक कुमार क्षेत्री, नेपाल विद्यालय कर्मचारी बुटवलका अध्यक्ष देवराज चौधरीलगायतले सहजीकरण गरेका थिए ।
