२०८१ आश्विन ८

देवदहमा एकबर्ष भित्र लालपुर्जा र दुई बर्षभित्र सडक स्तरउन्नतीः मेयर उम्मेदवार हिरा केसी
  • लुम्बिनी खोज
  • २०७९ बैशाख २५, आईतवार १७:४२ गते

बुटवल ।
रुपन्देहीको देवदहमा राजनतिक गठबन्धनबाट पुनः नगर प्रमुखको उम्मेदवार बनेका देवदह नगरपालीकाका निवर्तमान नगर प्रमुख हिरा बहादुर केसीले एकबर्ष भित्र सुकुम्बासी तथा अब्यबस्थित बसोबास सम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । नगरप्रमुख केसी कै अघिल्लो कार्यकालमा रुपन्देहीमै पहिलो पटक देवदहमा सुकुम्बासी तथा अब्यबस्थित बसोबास क्षेत्रमा लगत संकलन सम्पन्न भै जग्गा नापजाँच र कित्ताकाट समेत शुरु भएकोले आगामी एकबर्ष भित्र लालपुर्जा बितरण गर्ने प्रतिबद्धता जनाएका छन । नगरप्रमुख केसीमै सकृयतामा भुमिहिन तथा सुकुम्बासी आयोगसँग सम्झौता भै देवदहमा नापजाँच र कित्ताकाट शुरु भएको हो ।
नेपाली काँग्रेसका क्षेत्रिय सभापति समेत रहेका युवा नेता केसीले देवदहका बिभिन्न वडाका भित्रि सडकहरुको स्तरउन्नती र सुधारको काम पनि शुरु भैसकेको जानकारी गराउदै आगामी दुईबर्ष भित्रमा सबै सडकहरु नगरपालीका कै बजेटमा कालोपत्रे गरिने बताए । देवदहमा संचारकर्मीहरु सँथको छोटो भेटघाट कार्यक्रममा बोल्दै सकभर नगरपालीकाकै बजेटबाट सबै सडकको स्तरउन्नती गर्ने नसके प्रदेश र संघिय सरकारबाट बजेट ल्याएर भएपनि उक्त प्रतिबद्धता पुरा गरेरै छाढ्ने दावी केसीले गरेका छन । सडक सुधारका लागि आफुले अघिल्लो कार्यकाल मै ठोस योजना बनाएर काम शुरु गरिसकेको र प्रदेश सरकार तथा संघिय सरकारसँग बजेटका लागि पहल भैसकेको जानकारी गराउदै उम्मेदवार केसीले दुईबर्ष भित्र देवदहको रुपै फेरिने दावी समेत गरे ।
यस्तै समग्र देवदहको कृषि क्षेत्रको बिकास र कृषि व्यवसाय प्रवद्र्धनका लागि देवदहमा आधुनिक तथा ब्यबस्थित कृषि उपज संकलन केन्द्र सञ्चालनमा ल्याउने तथा शीत भण्डारको निर्माण समेत गरिने बताउदै उम्मेदवार केसीले कृषिजन्य ब्यबसायमा करछुट र विद्युत महशुलमा पूर्ण अनुदानको व्यवस्था गरिने बताए । यसअघि देवदह वडा नं ७ मा भएको गठबन्धनको संयुक्त घरदैलोका क्रममा नेता केसीले देवदह ७ मा रहेको बहुउद्देश्यीय कोशेली घरको निर्माण सम्पन्न भएको जानकारी गराउदै निकट भविष्यमा व्यवसायिक रुपमा सञ्चालन गरिने बताए । नेता केसी २०७४ सालको निर्वाचनबाट मेयर पदमा निर्वाचित भैसकेका थिए । १ कार्यकाल मेयरको पद सम्हालि सकेका नेता केसीले देवदह नगरपालिका भित्र आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिने र प्रत्येक वाडमा २४ घण्टे स्वास्थ्य सेवा र ल्याव सञ्चालन गरिने समेत उल्लेख गरे ।
भवानीपुरको गोल्डेन टेम्पललाई वौद्ध सूचना केन्द्रको रुपमा विकास गरिने बताउदै निवर्तमान नगरप्रमुख केसीले निर्माणाधिन देवदह अस्पताललाई शीघ्र सञ्चालनमा ल्याई उच्चस्तरीय शिक्षा प्रदान गरि प्रतिवद्धता जनाएका थिए। ज्येष्ठ नागरिकहरुलाई बर्षमा २ पटक चिकित्सकीय सेवा घरघरमै उपलब्ध गराउन पहल गर्ने बताउदै केसीले देवदहमा पर्यटकीय चक्रपथ निर्माण र यातायातका साधनको नियमित सञ्चालन गरि सबै पर्यटकीय क्षेत्रमा विद्युत, खानेपानी, शौचालयको उचित व्यवस्थापन गरिने बताए । देवदहमा रहेका आन्तरिक तथा बाहय पर्यटकलाई भित्रयाएर केही दिन देवदहमा नै राख्ने खालको व्यवस्था मिलाउने बताए । त्यस्तै गरि गठबन्धनका तर्फबाट उपमेयर पदकी उमेदवार सुन्दरी गिरीले स्थानीय मिडिया, सामाजिक संस्था, लक्षित समूहलाई विशेष अनुदान सहित कार्यक्रम सञ्चालन गरिने बताइन । घरदैलो कार्यक्रममा वडा नं ७ का नेपाली कांग्रेसबाट वडा अध्यक्ष, सदस्य पदका उमेदवाहरुका साथै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा आस्था राख्ने नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।