२०८३ बैशाख १८
बुटवल १७ बैशाख ।
रोल्पामा बिहिवार भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ । वैशाख पूर्णिमाको अवसरमा बराह पूजामा सहभागी हुन जाँदै गरेका तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । एकजनाको घाइते अवस्थामा उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहीबार दिउँसो रुकुम पूर्वबाट रोल्पाको जलजला जाँदै गरेको लु.१ ज ४१६७ नम्बरको जिप थबाङ गाउँपालिका– १, सल्याप क्षेत्रमा दुर्घटनामा परेको हो। जिपमा चालकसहित २१ जना सवार रहेकोमा २० जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिप सडकबाट करिब आठ सय मिटर तल भिरमा खसेको थियो।