२०८१ श्रावण १२

रुपन्देहीको तिलोत्तमामा मतगणना स्थगित
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ ३, मंगलवार ०९:१६ गते

बुटवल  ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मत गणनाका विषयमा विवाद भएपछि मतगणना स्थगित भएको छ । मतगणनामा खटिएका कर्मचारीहरुले गणनाको तंथ्याक तलमाथि पारेको सत्तागठबन्धनका दलका प्रतिनिधिहरुले आरोप लगाएका छन । यहा एमालेका पक्षमा गणना भएभन्दा फरक तंथ्याक प्रस्तुत गर्दिएको अन्य दलहरुले आरोप लगाएका छन । गणनामा विवाद भएपछि यहा मत गणना स्थगित भएको छ । गठबन्धन दलका कार्यकर्ताहरुले मतगणना स्थल बाहिर नारावाजी गरेका छन । विवाद मिलाउने बारे छलफल जारी रहेको छ ।

कांग्रेसका तिलोत्तमा सभापति हरिलाल पाण्डेले गलत गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने, निजामति सेवाका कर्मचारीबाट पुनः मतगणना हुनुपर्ने माग आफूहरुले राखेको बताए । यता दलहरुसगको बैठक कुनै निष्कर्षमा पुग्न नसकोको जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले बताए । सहमतिमा पुग्न नसकेपछि २ घण्टापछि पुन वस्ने गरी बैठक स्थगित भएको छ, भण्डारीले भने ।