२०८१ श्रावण १२

समृद्ध प्रदेशका लागि योजनावद्ध विकासमा प्रदेश सरकारः मुख्यमन्त्री केसी
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ १९, बिहीबार ०९:०५ गते

तपाईको नेतृत्वको सरकार समक्ष आगामी ५ वर्षमा लुम्विनीलाई कस्तो बनाउने मार्गचित्र छ ?
मुख्यमन्त्री केसीः समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश भन्ने नाराका साथ लुम्बिनी प्रदेश सरकार अगाडि बढेको छ । समृद्ध प्रदेश निर्माणका लागि लुम्विनी प्रदेशका नागरिकको जीवन स्तर माथि उठाउनु जरुरी छ । नागरिकको जीवन स्तर माथि उठाउन प्रदेशमा पहिला शिक्षा र स्वास्थ्य सग सगै कृषि, पर्यटन र उद्योग क्षेत्रको विकासमा प्रदेश सरकारले उच्च प्रथामिकता दिएको छ । सबै क्षेत्रको विकास गरी उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ विकास योजनाहरु अगाडी बढाइएको छ । नागरिकको जीवन स्तरमा सुधार गर्दै आत्मनिर्भर प्रदेश बनाउन प्रदेश योजना आयोगले विभिन्न योजनाको रुपरेखा वार्षिक, पञ्चवर्षिय योजनालाई मूर्तता दिइनेछ ।

समृद्ध प्रदेश बनाउने गरी हाम्रो नेतृत्वमा प्रदेशको स्थायी राजधानीको निर्माण सगसगै अन्य काम अगाडी बढेका छन । लुम्बिनी प्रदेशलाई समृद्ध बनाउको लागि पर्यटन क्षेत्रको विकासमा विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्म स्थल लुम्बिनी क्षेत्रको विकासलाई प्रस्थान विन्दु बनाएर प्रदेश सरकारले उच्च महत्व दिएको छ । संघीय सरकारसग आवश्यक समन्वय गर्दै लुम्विनीसहित वुद्धसग सम्वन्धित स्थलहरुको विकासलाई विशेष चासो र महत्व दिएका छौं । लुम्विनीलाई केन्द्रमा राखेर लुम्विनी प्रदेशको पर्यटन विकासको पूर्वाधार विस्तार गर्ने छौं, यसमा संघीय सरकार, दातृ निकाय र निजि क्षेत्रसम्मलाई जोड्न आवश्यक छ ।
लुम्बिनी क्षेत्रलाई धार्मिक, साँस्कृतिक शहरको रुपमा अगाडि बढाउँदै त्यसका लागि प्रदेश सरकारले विभिन्न निकायसँग सहकार्य गरी अगाडि बढेको छ । लुम्बिनी क्षेत्रबाट प्रदेशको राजधानी भालुबाङदेखि घोरोही र त्यहाबाट शहीदमार्ग हुदै चिन जोड्दा यस प्रदेशको विकासमा थप टेवा पुग्ने विश्वास लिएका छौं । अर्काे तर्फ लुम्बिनी प्रदेशमा रहेका भारतीय सिमा नाकाहरु भैरहवा, कृष्णनगर, नेपालगञ्ज र कोइलाबासलाई व्यवस्थित गर्न पनि प्रदेश सरकारले आवश्यक सहजीकरण गर्दै आएको छ । त्यस्तै नबलपरासी जिल्लालाई औद्योगिक क्षेत्रका अलवा त्रिवेणी देवघाटलाई पर्यटकीय स्थल का रुपमा थप विकास अगाडी बनाउने योजनाका साथ प्रदेश सरकार अगाडी बढेको छ । बुटवललाई व्यापारीक तथा आर्थिक सहर र नेपालगञ्जलाई पनि व्यापारीक सहरका रुपमा विकास गर्ने गरी विभिन्न प्रस्ताव अगाडी बढाइएको छ ।
रोल्पा र रुकुमलाई युद्ध तथा धार्मिक पर्यटनका रुपमा पनि विकास गर्न प्रदेश सरकारले विशेष महत्वका साथ विभिन्न योजना अगाडी सारेको छ । प्यूठानको स्वर्गद्धारीलाई धार्मिक पर्यटनका रुपमा विकास गर्न प्रदेश सरकारले विशेष ध्यान दिएको छ । दाङ र बर्दियालाई थारुहरुको सँस्कृतिको संरक्षण गर्दै विकास गर्न विभिन्न योजनामा रहेको छ । लुम्बिनी विश्व विद्यालय निर्माण, देउखुरी उपत्यकामा सुन्दर राजधानी निर्माणका लागि काम र बजेट ब्यवस्था भइसकेको छ । प्रदेश राजधानीको निर्माणका लागि गुरु योजना र जमिन प्राप्तीको काम अगाडि बढाइदै छ ।
स्वास्थ्य क्षेत्रमा विकासलाई पनि उच्च महत्व दिदै प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल विशेषज्ञ अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई सर्पोट वेश बनाएर स्वास्थ्यमा पूर्णताको अगुवाई हुनेछ ।
भौतिक संरचना बने मात्र आहा विकास भन्ने परिपाटी हाम्रो समाजमा छ । जनताले सहज र सरलीकृत ढंगले जिवन यापन गरेको देखियो भने त्यो नै विकासको सही सुचाङक हो । प्रदेशमा हामीले नया“ विषय भन्दा पनि स्वास्थ्य क्षेत्रमा जनतासग जोडिएका विषयहरुमा केही गर्न खोजेका छौं । स्वस्थ्य सेवालाई सहज बनाउन लागि परेका छौं । शैक्षिक क्षेत्रमा पनि केही नया“ पन दिन खोजेका छौं । पर्यटन र कृषिलाई अभियानका रुपमा अघि बढाउ“दै छौं । यी सबै क्षेत्रलाई एकै मालामा जोड्ने गरी सडक विस्तार र निर्माणका काम तिब्र छन् । त्यो नै सम्बृद्धिको मुख्य आधार हो । बनिरहेका योजना कार्यान्वयन हु“दा प्रदेशको सम्बृद्धिको नारा साकार हुन्छ नै । पूर्वाधारका हिसाबले हामीले अहिले बुटवल भैरहवालाई बेस बनाएर एउटा विकास रणनीति, अर्को आर्थिक र औद्योगिक हबको रुपमा बनाउ“दै छौं । त्यो पनि सहयोगी बन्ने नै छ ।

बाके र बर्दियाको निकुन्जलाई ठुलो पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने । अर्को एग्रो फरेष्टीलाई प्रयोग गर्ने । हाम्रो प्रदेशमा भएका दक्षिणी क्षेत्रका ठुला नाकालाई व्यवस्थित गर्दै लुम्बिनीसगै सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका आयात÷निर्यात केन्द्र बनाउने प्रयासमा पनि प्रदेश सरकार लागि रहेको छ । त्यस्तै प्रदेशमा आम किसानहरुको जीवन स्तर माथि उठाउन कृषि उत्पादनमा बृद्धिका लागि विभिन्न योजना प्रदेश सरकारले अगाडी बढाएको छ । समग्र क्षेत्रको विकास गरी आगामी ५ वर्षमा लुम्बिनी प्रदेशलाई समृद्ध प्रदेश बनाउन सकिने गरी योजनावद्ध विकासमा प्रदेश सरकार रहेको छ ।

५ वर्षमा समृद्ध प्रदेश बनाउने योजना सुनाउनु भयो, त्यसका आधारहरु कस्ता छन ?
मुख्यमन्त्री केसीः मुलुकका अन्य प्रदेशका तुलनामा विकास निर्माणमा राम्रो संभाावना भएको प्रदेश हो यो । पर्यटन, कृषि, उद्योग, शिक्षा, स्वस्थ्य हरेक क्षेत्रको विकासको राम्रो संभावना भएकाले लुम्बिनी प्रदेशको समृद्धिको आधार बलियो छ । प्रदेशका ऐतिहासिक, धार्मिक, सास्कृतिक युद्ध पर्यटनलाई जोडेर गरिने विकास होस् वा प्रदेशको कृषि औद्योगिक विकासले होस् प्रदेशको संमवृद्धिमा प्रचुर अवसर छ । चिन र भारतसँगका सीमा नाका सग जोड्दा समृद्धिको गुणात्मकता दिनसक्ने आधार रहेको छ ।
लुम्विनीे प्रदेश जल र जमिन वनमा आत्म निर्भर रहेको छ । सिमन्ट उद्योगमा आत्मभिर रहेको छ । काठजन्य बस्तु, अण्डा र मासूमा पनि आत्मनिभर बन्ने दिशामा रहेको छ । यस प्रदेशले विभिन्न क्षेत्रको विकासको सम्भावना सम्भावनै बोकेको छ । प्रदेशको विकासका लागि राजनीतिक नेतृत्वको भिजन र नागरिकको सहभागीता अनिवार्य आवश्यकतामा जोड दिदै आएका छौं । नागरिकको सहभागिता र योजनावद्ध विकास नै समृद्ध प्रदेश बनाउने आधार हुन प्रदेश सरकार त्यस तर्फ नै अगाडी बढेको छ ।
अब तपाई नेतृत्वको प्रदेश सरकारको अवधि एक वर्ष भन्दा पनि कम छ, सम्वृद्ध प्रदेश वनाउने दिशामा अगाडी बढ्न के के गर्न सकिन्छ जस्तो लाग्छ ?
मुख्यमन्त्री केसीः प्रदेशको सबै क्षेत्रको विकासका लागि प्रदेशको आम्दानी बढाउनु जरुरी छ । राजश्व संलकन र बृद्धिमा धेरै ठुलो गुणात्मक फड्को मार्न सकिने संभावना यहा छ । नदीजन्य पदार्थ, वनजन्य पदार्थलाई व्यवस्थित गर्न सक्यो भने आम्दानी बढ्न सक्छ । यातायातलाई ुव्यवस्थित गर्नेे, कृषि क्षेत्रलाई अझ व्यवसायिक ढंगले उत्पे्ररित गर्न सकिन्छ । जनताका दैनिक आधारभुत आवश्यकतास“ग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने मान्यताका साथ काम अगाडी बढाएका छौं ।

कृषिका लागि आवश्यक मल, बिउको ब्यवस्था गर्न, जनजिवनका हिसाबले खाद्य बस्तुहरुको व्यवस्थापनको पक्ष, लत्ता कपडामा स्वदेशी उत्पादनमा प्राथमिकता, प्रविधिको प्रयोग, देखि रोगजारीलाई केन्द्रमा राखेर गरिने कामले प्रदेश वासीको हित हुन्छ भन्ने सोचका साथ काम अगाडी बढाइएको छ । ‘सम्बृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को परिकल्पना पुरा गर्न नया सोंचबाट अघि बढनु पर्छ । सरकार त्यही रुपमा अगाडी बढेको छ । सरकारको अवको वाकी अवधीमा पनि सम्वृद्ध प्रदेशका लागि योजनावद्ध विकासमै ध्यान केन्द्रीत हुन्छ । मेरो नेतृत्वको सरकार गठन भएको त्यति धेरै समय त भएको छैन, तर पनि यो अवधीमा प्रदेशलाई सम्वृद्धिको बाटोमा डोर्याउने आधार बलियो हुदै गएको छ । अब हुने योजनावद्ध विकासले राम्रो प्रभाव पार्ने छ । विकासका लागि राम्रो मार्ग चित्र बनेको छ । अब बाकी हाम्रो कार्यकालको यो अन्तिम वर्ष आगामी ५ वर्षको लागि आधार स्तम्भ वर्षको रुपमा स्थापित गरिदिने छौं ।