२०८१ श्रावण १२

दूरसंचार सेवाका बारेमा बृहत अन्तरक्रियाको आयोजना
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ २६, बिहीबार ०८:०५ गते

बुटवल ।

लुम्विनी प्रदेशमा दूरसंचार सेवाको अवस्थाका बारेमा बुटवलमा बृहत अन्तरक्रिया आयोजना गरिएको छ । नेपाल दूरसंचार प्राधिकरणले शुक्रवार बुटवल स्थीत महाराजा रिसोर्टमा दिउसो १२ बजे कार्यक्रम गर्ने भएको छ ।
लुम्विनी प्रदेशमा दूरसंचार सेवाको बर्तमान अवस्था, अब गर्नु पर्ने काम , दूरसंचार सेवाको गुणस्तरलगायतको विषयमा सेवा प्रदायक र सरोकारवाला संग कार्यक्रम गर्न लागिएको प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले बताएका छन । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम प्रसाद खनालसहित प्राधिकरणका पदाधिकारी, नेपाल टेलिकम, एनसेल, कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ),इन्टरनेट सेवा प्रदायक निकायका ब्यक्तित्वहरु कार्यक्रममा सहभागी हुनेछन । कार्यक्रममा प्रदेश सरकार, स्थानिय सरकार, विभिन्न संघ सस्थाका पदाधिकारीसहित सरोकारवाला निकायको सहभागिता रहने आयोजकले बताएका छन ।

एक दिवसीय अन्तरक्रिया कार्यक्रममा लुम्विनी प्रदेशमा दूरसंचार सेवाको अवस्थाका बारेमा प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले कार्यपत्र प्रस्तुत गर्ने छन । त्यस्तै नेपाल टेलिकमको अवस्थाका बारेमा टेलिकमका वरिष्ठ इन्जिनियर डाक्टर मधुसुदन दाहाल, एनसेलका बारेमा एनसेलका निर्देशक रमेश घिमिरे, इन्टरनेट सेवा प्रदायकको तर्फबाट वल्ड लिंकका प्रमुख कार्यकारी अधिकृत केशब नेपालले कार्यपत्र प्रस्तुत गर्ने प्राधिकरणकी उप निर्देशक प्रतिमा घिमिरेले बताइन ।