२०८१ श्रावण १२

धुर्कोट गाउँपालिकाको निती तथा कार्यक्रम सार्बजनिक
  • लुम्बिनी खोज
  • २०७९ असार ९, बिहीबार ०४:४३ गते

२०८१ लाई धुर्कोट भ्रमण वर्ष मनाउने गरि पर्यटन पूर्वाधारको विकास देखि उत्कृष्ट वडालाई प्रोत्साहन सम्म
बुटवल ।
धुर्कोट गाउँपालिकाको आ।व। २०७९र ०८० को वार्षिक निती तथा कार्यक्रम पेश भएको छ । बुधबार गाउँपालिका सभाहलमा गाउँपालिकाको दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आगामी आर्थीक वर्षको बार्षिक निती तथा कार्यक्रम पेश गरेका हुन ।
कार्यक्रममा अध्यक्ष पोखरेलले कृषियोग्य भूमीको खण्डिकरणलाई रोकी भूमीको चक्लावन्दी गर्ने अवधारणाको कार्यन्वयन गर्ने उत्प्रेरित गरिने र वर्षौ देखि गाउँपालिकाको विभिन्न क्षेत्रमा बाझिदै गएको खेतियोग्य जमिनलाई उत्पादनशिल बनाउनका लागि अनुदानको कार्यक्रम घोषणा गरिएको र उक्त कार्यमा उत्साहजनक सहभागीता बढेको हुदा आगामी वर्षहरुमा पनि यस कार्यलाई निरन्तरता दिईने बताए । पशु विमा वापतको किसानले बुझाउने प्रिमियम रकममा ५० प्रतिशत अनुदानको व्यवस्था साथे दैनिक उपभोग्य बस्तुलाई सहज र सुलभ मुल्यमा उपलब्ध गराउनको लागि प्रत्येक वडामा सहकारीहरु मार्फत सुपथ मुल्य पसल सञ्चालनका लागि प्रक्रिया अगाडि बढाईने र परम्परागत रुपमा रहेको सिप प्रयोग गरि उत्पादित वस्तुहरु जस्तै डोका, नाम्ला, नाङलो, डाला, मान्द्रा, थुङसे, दाम्ला, हला, जुवा लगायत स्थानीय कच्चा पदार्थ प्रयोग गरि उत्पादित सम्पूर्ण सामग्री गाउँपालिकाले खरिद गरि कोसेली घर मार्फत बजारिकरण गरिने प्रमुख पोखरेलले बताए । साथै वि।स। २०८१ लाई धुर्कोट भ्रमण वर्ष मनाउने गरि पर्यटन पूर्वाधारको विकास गरिने विपन्नतथा दलित परिवारका छोराछोरीहरुलाई एस।ई।ई। पछिको ३ वर्षे प्राविधिक शिक्षामा १० जना विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिने विभिन्न कारणले बुवाआमा नभएका २० जना विद्यार्थीहरुलाई १२ कक्षा सम्मको आवासिय शिक्षा सुनिश्चितता गरिने ,बेरोजगारी अन्त्य गर्न युवालाई उद्यमशिलता, व्यवसायिक तथा सीपमूलक तालिमको व्यवस्था गरिनेछ साथै युवाहरुद्वारा सञ्चालन गरिएका व्यवसायलाई प्रोत्साहन गर्नका लागि विभिन्न अनुदानका कार्यक्रमहरु गरिने ,हरेक नागरिकलाई आधारभुत स्वास्थ्य सेवाको पहँुचबाट बञ्चित गरिने छैन साथै गर्भवतीलाई गाउँपालिका भित्रका स्वास्थ्य चौकीमा पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा लाई निरन्तरता दिईनेछ । लामो समयदेखि धुर्कोटवासीले भोग्दै आएको स्वच्छ पिउने पानीको समस्यालाई समाधान गर्न हरसम्भव प्रयास गरिनेछ । एक घर एक धारा कार्यक्रमलाई दु्रतताका साथ अघि बढाइएको छ साथै प्रत्येक वडालाई एक घर एक धारा खानेपानी वडा घोषण गरि सिङगो गाउँपालिकालाई नै घोषणा गर्ने अभियानलाई तिव्रता दिईनेछ ।
लक्षित वर्ग ९महिला, दलित, अपाङ्ग, जनजाती, बालबालिका, जेष्ठ नागरिक० कार्यक्रम शसक्तिकरणमा ध्यान दिदै आयआर्जन सिपमूलक तथा विभिन्न कला र संस्कृती झल्किने कार्यक्रममा जोड दिईनेछ । अपाङ्गहरुले संचालन गर्ने उद्यम व्यवसायमा आवश्यक पर्ने मेसिन औजारमा ८० प्रतिशत सम्म अनुदानको व्यवस्था गरिनेछ ।
धुर्कोट गाउँपालिका भित्र हुने विभिन्न कला, भाषा, संस्कृति, मठ, मन्दिर संरक्षण प्रवद्र्घन र विकासका लागि विभिन्न कार्यक्रहरु सञ्चालन गरिनेछ ।
यातायात गुरु योजना अनुसार सडकको स्तरोन्नती र प्राथमिकरण गरिनेछ साथै हाल संचालनमा रहेका सम्पूर्ण सडकहरुको मापदण्ड निर्धारण गरिनेछ । हाल भईरहेका सडकहरुको स्तरोन्नती गरिनेछ, नयाँ ट्रेयाक खोल्ने कार्यलाई अत्यावश्यक बाहेक निरुत्साहन गरिनेछ । दैनिक रुपमा सवारी साधन चल्ने सडकहरुमा सडक मजदुरको व्यवस्था गरिने निति गाउपालिकाले लिने भएको छ ।
सिँचाई व्यवस्था नभएका खेतीयोग्य जमिनहरुको वर्गिकरण गरि आवश्यक ठूला साना सिँचाई कार्यक्रमहरु संचालन गरिने साथै विपन्न नागरिकहरुका लागि सुरक्षित आवास कार्यक्रम अन्र्तगत ढुङ्गाका छाना भएका चुहिने असुरक्षित आवासहरुमा पुन निर्माणका लागि जस्तापाता खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराईने प्रमुख पोखरेलले बताए।
विद्युत र बैकल्पिक उर्जा नपुगेको घरपरिवारको तथ्ंयाङक संकलन गरि दिगो विद्युत सेवा प्रदान गरिनेछ साथै मिटर र तारमा अनुदान उपलब्ध गराईने र गुणस्तरीय इन्टरनेट र टेलिफोन सेवालाई आम नागरिकको पहुचमा पुर्याउनका लागि आवश्यक पहल गरिने साथै चरिचरन व्यवस्थापन, डढेलो र प्रकोप नियन्त्रणका लागि वन संरक्षण सम्बन्धी कार्यहरु समन्वायत्मक ढङ्गबाट गरिने, प्लास्टिकजन्य वस्तुहरुको आयात न्यूनिकरण गर्ने तथा सार्वजनिक कार्यक्रमहरुमा प्लाष्टीक प्रयोगलाई बन्देज लगाईने, प्राकृतिक विपत्तिबाट हुने आवासको क्षतिलाई राहात उपलब्ध गराउन प्रत्येक घरको विमा गर्ने व्यवस्था मिलाई विमा वापतको प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान उपलब्ध गारईने प्रमुख पोखरेलले बताए । दोस्रो चौमासीक सम्ममा ७० प्रतिशत सम्म आयोजनाको निर्माण कार्य सम्पन्न गरि भुत्तानी भएका वडा मध्येबाट उत्कृष्ट वडालाई प्रोत्साहन स्वरुप यसै वर्ष सम्पन्नहुने गरि योजनाका लागि रु। १० लाख बजेटको व्यवस्था गरिने निति गाउपालिकाको रहेको छ ।