२०८१ श्रावण १२

लुम्विनी प्रदेश सरकारद्धारा पत्रकार सम्मान
  • लुम्बिनी खोज
  • २०७९ असार २८, मंगलवार ११:२५ गते
बुटवल  ।
लुम्विनी प्रदेश सरकारले अग्रज पत्रकार तथा सिर्जनसिल पत्रकारिता सममानबाट विभिन्न जिल्लाका पत्रकारहरुलाई सम्मान गरेको छ । प्रदेश सरकारले अग्रज पत्रकारिता सम्मान पुरस्कारबाट पत्रकार खिमानन्द भट्टराई र मरणोपरान्त विन्दु कुमार चौहानलाई सम्मान गरेको छ । यस सम्मानको राशी एक लाख रुपैया रहेको छ । लुम्विनी क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशिल चौहानको गत वर्ष मृत्यु भएको थियो । अग्रज पत्रकारिता सम्मान दुइ जनालाई संयुक्त रुपमा प्रदान गरिएको हो । त्यस्तै सिर्जशील पत्रकारिता पुरस्कारबाट डिलाराम भुसाल, सन्जु पौडेल र प्रेम विक सम्मानित भएका छन । उनीहरुलाई ५० हजारका दरले सम्मान गरिएको छ । सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले सञ्चार क्षेत्र सरकार र जनताको बीचमा पुलको काम गर्ने बलियो संस्था भएको भन्दै सञ्चार क्षेत्रलाई सधै मयार्दित बनाउनु पर्ने बताए । लुम्बिनी प्रदेश सरकार जनताको जीवनस्तरलाई माथी उठाउन निरन्तर लागि रहेको भन्दै सरकारका जनमुखि कार्यलाई जनतासमक्ष पु¥याई दिन सञ्चार क्षेत्रलाई अनुरोध गरे ।
कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले संघीयतालाई बलियो बनाउने गरी भुमिका खेल्न सञ्चार क्षेत्रलाई आग्रह गरे । कार्यक्रममा प्रदेश सरकार कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, प्रमुख सचिव डिल्लीराम शर्मा, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय सचिव दिपक नेपाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गिरी लगायतको सहभागिता रहेको थियो ।