२०८१ श्रावण १२

पैसा नभएको १३ लाखको चेक दिने फरार ब्यक्ति पक्राउ
  • लुम्बिनी खोज
  • २०७९ श्रावण ११, बुधबार ११:२१ गते

बुटवल ।
रुपन्देहीको सैनामैनामा पैसा नभएको १३ लाखको चेक दिने ब्यक्ति पक्राउ परेका छन । १३ लाख २० हजार अदालतबाट जरिवाना फैसला भई फरार रहेका कृष्ण बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ११ घर भई हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नं १६ बस्ने बर्ष ३४ को कृष्ण बहादुर शाहीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीवाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा सैनामैनाको दुधराक्षबाट पक्राउ गरेको हो । पक्राउ परेका शाहीले एन सिसि बैकको लिमिटेडको २०७५ चैत्र ०५ मा काठमाडौंमा रहेको आफ्नो खातामा पैसा नभएको चेक पीडितलाई दिएका थिए । रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको कारण पिडितले उच्च अदालत पाटनमा निबेदन दिएका थिए ।
अदालतले २०७७ जेठ २६ गते उनलाई अदालतले बैंकिङ कसूर मुद्धामा ४ दिन कैद र रु १३ लाख बीस हजार जरिवाना बिगो फैसला सजाय गरेको थियो । अदालतको फैसला बमोजिम पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको प्रहरीले जनाएको छ ।