२०८१ मंसिर १८
बुटवल ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू अन्तिमपटक चुनाव लड्ने बताएका छन्। आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै खनालले आगामी प्रतिनिधिसभा निर्वाचन आफ्ना लागि अन्तिम हुने बताएका हुन्।
नेता खनालले ४८ सालदेखि चुनाव लड्दै आएको छुु। अब एकपटक लडछु।’ इलामको क्षेत्र नम्बर १ मा गठबन्धनबाट लड्ने उल्लेख गर्दै उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। सम्मानित नेता खनालले एमालेमा दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डन सिर्जना भएको आरोप लगाउँदै तत्काल तालमेल वा एकताको सम्भावना नरहेको बताए। अहिले माओवादी केन्द्रसँग निकटता रहेको उल्लेख गर्दै उनले वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनिक कार्यदिशा नमिली तत्काल वाम एकता भने नहुने प्रस्ट्याए। उनले भने, ‘हामीले त्यो निकटतालाई अझै निकट बनाउन कोसिस गरिरहेका छौँ। अहिले पार्टी एकता हुने सम्भावना छैन। तालमेल र कार्यगत एकता भने हुन्छ।’