२०८१ श्रावण १२

नारी दिवसमा एकल महिलालाई सम्मान
  • लुम्बिनी खोज
  • २०७७ फाल्गुन २७, बिहीबार ०८:३६ गते

बुटवल,२७ फागुन । रुपन्देहीको सियारी गाउँपालिकाले नारी दिवसका अवसरमा एकल महिलाहरुलाई सम्मान गरेको छ । एकल महिलालाई समाजमा अगाडी बढ्न प्रेरेणा मिलोस भनेर सम्मान गरिएको गाउपालिकाले जनाएको छ ।
गाउपालिकाले सोमवार एक कार्यक्रम गरी गाउपालिका भित्रका झण्डै ७० जना एकल महिलालाई सम्मान गरेको छ । रातो टिका र दोसल्लाले उनीहरुलाई सम्मान गरिएको थियो । गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ्गले एकल महिलालाई समाजमा सक्षम बनाउँनको लागि गाउँपालिकाले अभियान नै सञ्चालन गरेको भन्दै यस सम्मानले सकरात्मक प्रभाव पार्ने धारणा राखिन । अहिले सबै वडाबाट रातो कपडा लगाउन ईच्छुक महिलालाई सम्मान गरेको र यसले समाजमा सकारात्म सन्देश गएको गुरुङ्गले बताइन । गाउपालिकाका अध्यक्ष अयोध्या थारुले समाजमा महिलाहरुको योगदान बढी हुने भन्दै महिलाहरुलाई अगाडी बढाउन गाउपालिकाबाट विभिन्न काम अगाडी सारिएको धारणा राखे ।

तिलोत्तमामा श्रमिक महिलालाई साईकल वितरण

त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले श्रमिक महिलाहरुको लागि साईकल वितरण गरेको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले ५१ जना श्रमिक महिलाहरुलाई सोमबार साईकल प्रदान गरेको हो । श्रमिक महिलाहरुको सम्मानको साथैं उनीहरुको दैनिकीलाई सहज बनाउन सहयोग पुगोस् भनेर साईकल प्रदान गरिएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले जानकारी दिइन ।
श्रमिकको आर्थिक÷सामाजिक अवस्थाको आधारमा वडा कार्यालयको सिफारिस अनुसार प्रत्येक वडाका ३ जनाको दरले ५१ जनालाई साईकल प्रदान गरिएको नगरपालिकाले जनाएको छ । महिला दिवसको अवसरमा नगरपालिकामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश उपसभामुख कृष्णी थारुले श्रमिक महिलाहरुलाई साईकल हस्तान्तरण गरिन ।
दिवसकैं अवसरमा नगरपालिकाले ‘महिला सुरक्षा र रोजगार ः समृद्ध तिलोत्तमा निर्माणको आधार’ विषयक वक्तृत्वकला प्रतियोगितामा समेत सम्पन्न गरेको छ । १७ जनाले सहभागिता जनाएको प्रतियोगितामा चन्द्रा घिमिरे प्रथम, देवकी न्यौपाने द्धितीय, गीतारानी बराल तृतीय र कविता ज्ञवाली तथा प्रतिमा पन्तले प्रोत्साहन पुरस्कार प्राप्त गरे ।