२०८१ पुष ११

कमल तालको कमल फुलमा औषधिय विशेषता
  • लुम्बिनी खोज
  • २०७९ भाद्र १२, आईतवार ०८:५६ गते

बिष्णु हरि आचार्य
लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पुर्व बिभिन्न किसिमका बहुमुल्य जडिबुटी ओखतीको उद्गम स्थल हो । आयुर्वेद औषधिको लागि आवश्यक पर्ने कच्चा जडिबुटीहरु धेरै छन यो ठाउँमा । रुकुम पुर्वको रुकुम कोट स्थिति कमल ताल यहाको महत्वपूर्ण पर्यटकीय स्थल पनि हो । यसको राम्रो संरक्षण गर्दै प्रचार प्रसारमा ध्यान दिएमा आन्तरिक तथा बाह्य पर्यटक ल्याउन सकिन्छ ।
कमल तालको अर्को सुन्दर पक्ष ताल भित्र रहेको कमल फुलले दर्साउने गर्दछ । बर्षा ऋतुमा ताल भित्र ढकमक्क फुल्ने कमल फुलले यहाँ आउने पर्यटकको मनमा एक किसिमको आनन्द तथा रमाइलो उत्साह नै थपेको पाइन्छ । कमल तालको वरिपरि घुम्दै टिकटक बनाउने र फोटा खिचेर रमाउनेहरु पनि यहा हरेक दिन भेट्न पाइन्छ । गर्मी मौसममा यहाको सुन्दर बातावरणमा चिसोमा आनन्द लिन सकिन्छ । पर्यटकीय संभावना वोकेको यस जिल्ला जडीबुटीका हिसावले पनि महत्वपूर्ण छ ।

कमल ताल भित्र रहेको कमल फुलको औषधिय प्रयोग
विशेष गरि ताल भित्र रहेको कमल फुलको जरालाइ औषधिको रुपमा प्रयोग गर्न सकिन्छ . बसन्त ऋतुमा तालमा पानी थोरै भएको समयमा ताल भित्र पसि बिधिपुर्वक कमलका जराहरु निकालेर जम्मा गरिन्छ र ति जराहरुलाइ धोइ पखालि संरक्षण गरि राखिन्छ । कमलको जरालाइ अचार तथा तरकारिको रुपमा पनि प्रयोग गरिन्छ र पाउडर बनाएर राखि बिभिन्न रोगमा पनि प्रयोग गर्न सकिन्छ । कमल र कमलको जरामा औषधिय विशेषता राख्ने निम्न किसिमका रासायनिक तत्व पाइन्छ्न१०० ग्राम कमल फुलमा ७२.१४ मिलिग्राम Moisture,१०.५ मिलि ग्राम Starch,१६.०३मिलि ग्राम Carbohydrate,२.६मिलि ग्राम ptotein,०.१०मिलि ग्राम fat,४.२०मिलिग्राम Fibre,१.१८मिलिग्राम Ash,४०.००मिलिग्राम Calccium,५८.०मिलिग्राम Phosphorus.,१.०७मिलिग्राम Iron, ४.०५मिलिग्राम potassiuma,३८मिलिग्राम Vitamina जस्ता तत्वहरु हुन्छ्न । शरीरलाई आबश्यक पर्ने विभिन्न तत्वहरुको आपूर्ति देखि निम्न किसिमका समस्याहरुमा यसको प्रयोग प्रभावकारी मानिन्छ । कमल जराको पाउडर ३–५ ग्रामको मात्रामा नियमित १ महिना बिहान साझ प्रयोग गर्दा मोटोपन तथा कोलेस्ट्रोल नियन्त्रण गर्दछ । उच्च रक्तचाप नियन्त्रणमा प्रभावकारी छ । प्रयाप्त मात्रामा फाइबर हुने हुनाले मधुमेह रोगमा लाभदायी मानिन्छ । पायारिडोक्सिन तथा भिटामिन बि कम्पेलेक्स जस्ता तत्व हुने भएकोले मेमोरी पावर बढाउन तथा तनाव कम गर्न महत्वपूर्ण मानिन्छ । बिभिन्न किसिमका भिटामिन जन्य तत्व हुने हुनाले रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण छ । हेपाटाइटिस र कलेजो रोगमा यसको प्रयोग अत्यन्तै उपयोगी हुने बिबिन्न अनुसन्धानद्वारा पुष्टि भएको छ । चर्म बिकार तथा छालाको सुन्दरता बढाउन यसको फुलको लेप तथा जराको प्रयोग अत्यन्तै प्रभावकारी मानिन्छ । रक्त बर्धक तथा पाचन प्रणालीलाइ चुस्त दुरुस्त राख्दछ । शरीरमा आबश्वक पर्ने फाइबर जन्य तत्वको सन्तुलन कायम गर्दछ ।

 लेखक जिल्ला आयुर्वेद रुकुम पुर्वका कार्यलय प्रमुख तथा योग अभियान्ता हुन ।