२०८१ मंसिर २१
बुटवल ।
नेकपा एकिकृत समाजवादीले रुपन्देहीबाट महासचिव बेदुराम भुसाल र उपमहासचिव डा। विजय पौडेललाई प्रतिनिधिसभामा सिफारिश गरेको छ । रुपन्देही जिल्ला कमिटिको बैठकले भुसाल र पौडेललाई रुपन्देहीको निर्वाचन क्षेत्र न १ बाट सिफारिश गरेको हो ।
त्यसैगरि प्रतिनिसभाका लागि क्षेत्र न १ बाट उमापती पाण्डेलाई सिफारिश गरेको छ । त्यसैगरि निर्वाचन क्षेत्र न २ बाट पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज राजु गुरुङलाई एकल सिफारिश गरेको छ । रुपन्देही २ एमाले नेता विष्णु पौडेलको चुनावी क्षेत्र हो ।
रुपन्देहीमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वार टुगो लगाएर केन्द्रीय कमिटिमा सिफारिश गरेको छ । त्यसैगरि प्रतिनिसधाका लागि रुपन्देहीको क्षेत्र न ३ बाट उमादेवी काफ्ले, कमल भन्डारी, अविराम बिक र इन्द्रजित यादवलाई सिफारिश गरिएको पार्टीले जनाएको छ । त्यस्तै प्रतिनिधिसभा तर्फ रुपन्देही क्षेत्र न ४ बाट श्रीराम यादव, क्षेत्र न। ५ बाट कुलेन्द्र पुनलाई सिफारिश गरेको पार्टी अध्यक्ष अविराम विश्वकर्माले बताए ।
समाजवादीले रुपन्देहीका १० वटा प्रदेशसभा निर्वाचनतर्फ ३९ जनाको नाम सिफारिश गरेको छ ।
प्रदेश सभा तर्फ १ को क तर्फ टंक पोख्रेल, सरस्वती पोख्रेल, रामधारी यादव, शुशिला भट्टराईलाई सिफारिश गरिएको छ । त्यस्तै १ को २ बाट कृष्ण भुसाल, सरिता श्रीस, इन्द्रिजीत यादव, मालती अधिकारीलाई सिफारिश गरिएको छ । यसैगरि २ को १ तर्फ भगवती घिमिरे, यम पक्षाइ, गुप्त बहादुर केसि र राम ब बिक, २ को २ तर्फ पार्टीका केन्द्रीय सदस्य डा। बालकृष्ण चापागाईं, हिराध्वज शाह, सरिता श्रीस र जुद्द केसिलाई सिफारिश गरिएको छ ।
त्यसैगरि सिफारिश हुनेहरुमा ३ को १ मा डा। ऋषिराम पाण्डे, सुवर्ण कुंवर, शार्दुल मयुर कशौधन, आनन्द प्रसाद गुप्ता, ३ को २ का लागि गोपाल नेपाल, लिल बहादुर बिक, आशा थारु, थानेश्वर खरेल, ४ को १ का लागि अशोक शुक्ला, यादवेन्द्र शुकला, राममिलन मलाह, कपिलमणि यादव ४ को २– श्रीराम यादव, दिनेश भुसाल, आनन्द प्रसाद गुप्ता छन । यस्तै ५को १ महेश पंथी, अर्जुन ढकाल, राम ब बिक, पार्वती पौडेल, ५ को २ राजकुमार गुप्ता, सफिउर रहमान अन्सारी, मजहर कमाल, किस्मती यादव रहेको नेकपा एकीकृत समाजबादी रुपन्देहीले बताएको छ । पार्टीको केन्द्रीय सर्कलर अनुसार नामहरु सिफारिश गरिएको भएपनि गठबन्धनमा सिट बाँडफाँड पछि मात्रै आधिकारिक रुपमा उम्मेद्वारहरु तय हुने जिल्ला पार्टी रुपन्देहीको भनाई रहेको छ ।