२०८१ श्रावण १२

बुटवलमा खुल्यो ‘होटेल दा फ्लामिंगो’
  • लुम्बिनी खोज
  • २०७७ फाल्गुन २७, बिहीबार ०८:४६ गते

बुटवल, २७ फागुन । बुटवलमा फरक विशेषता सहितको तीनतारे स्तरको होटेल दा फ्लामिङ्गो’ सञ्चालनमा आएको छ । हस्पिटालिटी क्षेत्रमा गुणस्तरीय र फरक अनुभव सहितको सेवा प्रदान गर्ने लक्ष्यसहित ‘योर सेकेण्ड होम’ नारासहित बुटवलको योगिकुटीमा करिब १० कठ्ठा क्षेत्रफलमा होटेल सञ्चालनमा आएको हो ।
युवा उद्यमी दिलिप गौचन र श्याम शेरचनको झण्डै २० करोड लगानीमा सञ्चालनमा आएको होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार स्तरका ५२ वटा कोठा रहेका छन् । त्यसैगरी ४ सय जना क्षमताको ब्याङ्क्वीट हल तथा सय जना र ३० जना क्षमताका २ वटा कन्फ्रेन्स हल छन् । त्यसैगरी होटलमा स्विमिङ पुल, जिम, स्पा, साउना, स्टिम बाथ, बुटवलको दृश्य अवलोकन गर्न सकिने रुफटप बार लगायतका सेवा उपलब्ध रहेका होटेलका महाप्रबन्धक काशी अधिकारीले बताए ।
होटेलको यही फागुन २७ गते शिवरात्रीको दिनबाट सफ्ट ओपनिङ हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा सञ्चालक दिलिप गौचनले बताए ।
उनले आफू यसअघि फरक व्यवसायको सिलसिलामा देश र विदेशमा घुम्ने क्रममा आफ्नै ठाउंमा स्तरीय हस्पिटालिटी सेवा दिनुपर्छ भन्ने मनमा लागेर पर्यटन क्षेत्रमा लगानी गरेको बताए । होटेलको उच्च व्यवस्थापनमा विदेशका तारे होटेलमा अनुभव संगालेका जनशक्ति नियुक्त गरिएकाले रुपन्देहीमा अग्रणी होटेलको रुपमा दा फ्लामिंगोलाई स्थापित गर्ने लक्ष्य रहेको गौचनले बताए ।
होटलले विशेषगरी लुम्बिनी भ्रमणमा आउने तथा बौद्धिष्ट पर्यटकहरुलाई आकर्षित गर्ने लक्ष्य राखेको बताएको छ । होटलमा थकाली संस्कृति झल्काउने विशेषता र परिकार पनि रहने होटलका महाप्रबन्धक अधिकारीले बताए । होटलमा लामो समयदेखि विभिन्न देशहरुमा काम गरेका सूर्यप्रसाद बस्याल प्रमुख सेफ र हस्पिटालिटी क्षेत्रका अनुभवी दिवाकर प्रधान फूड एण्ड वेभरेज म्यानेजर,मानवीय स्रोत व्यवस्थपनमा शिला आचार्य र सेलस एण्ड मार्केटिङमा प्रकाश खनाल रहेका अधिकारीले बताए । होटेलले व्यवसाय संगै समयसापेक्ष सामाजिक क्षेत्रमा पनि योगदान पु¥याउने लक्ष्य लिएको र सोही अनुसार सञ्चालनको पुर्व सन्ध्यामा रक्तदान र अपांग आश्रममा आश्रितलाई खाना खुवाएको सञ्चालक दिलिप गौचनले बताए । होटेलमा हाल ४० जनाले रोजगारी पाएका छन् भने पूर्ण क्षमतामा सञ्चालनमा आउंदा ७५ जनाले रोजगारी पाउने छन् ।