२०८१ पुष १२
बुटवल ।
नेपाल राष्ट्र बैंकले आगामी कार्तिक १ गतेदेखि लागू गर्न लागेको चालु पू्ँजी कर्जा सम्बन्धी मापदण्ड विषयमा बुटवलमा अन्तरक्रिया गरिएको छ । रुपन्देही उद्योग संघमा मंगलवार सम्पन्न कार्यक्रममा वोल्दै नेपाल राष्ट्र बैंक निर्देशक भैरहवा शाखा प्रमुख रञ्जना पण्डित पौडेलले कर्जाको सही सदुपयोग होस् भन्ने उद्देश्यका साथ कार्यक्रम आएको बताइन । उनले सबै बैंकहरुबाट प्रवाह गरिने कर्जाको सिमामा समेत एकरुपता होस् भन्ने उद्देश्यका साथ नया मापदण्ड आएको धारणा राखिन । उद्योगीहरुकै हकहितका लागि र जुन शीर्षकमा लिएको हो सोही क्षेत्रमा पुगोस् भन्ने उद्देश्यका साथ नयाँ मार्ग दर्शन लागू गर्न खोजिएको उनले बताइन । नेपाल राष्ट्र बैंकका सहायक निर्देशक सुजल ढुंगानाले सहजीकरण गर्दै चालु पूँजी कर्जा सम्बन्धमा जारी हुन लागेको नयाँ मापदण्डका विषयमा उद्योगीहरुबाट उठेका जिज्ञासाका उत्तर दिएका थिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले नेपाल राष्ट्र बैंकले लागू गर्ने नीतिगत परिवर्तनले उद्योग क्षेत्रमा पार्ने प्रभावको बारेमा समेत ध्यान दिन आग्रह गरे । कार्यक्रममा संघका पूर्ब अध्यक्ष बोनिन पिया, संघका आर्थिक सल्लाहकार डा.खगराज शर्मा, अडिटर्स एशोसिएसन रुपन्देहीका अध्यक्ष रामप्रसाद पौडेल, सिटीजन बैंक लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठ, उद्योग संघका द्वितीय उपाध्यक्ष जीवकान्त काफ्ले, महासचिव हरि बहादुर खत्रीलगायतले चालु पुजी कर्जाका बारेमा धारणा राखेका थिए । संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीका अनुसार कार्यक्रममा संघका सल्लाहकार भूपाल कुमार श्रेष्ठ, महिला सचिव मन्जु भुसाल, कार्यसमिति सदस्य लालबहादुर थापा, प्रज्ज्वल थान्जु, उद्योगीहरु चन्द्रमान श्रेष्ठ, कन्हैयालाल कसौधन, दिपक खनाल, देविराम पाण्डे, विवेकरत्न गुभाजु रमेशराज आचार्य, तुल्सी गुरुङ्ग, लोकेन्द्र लिम्बु लगायतले जिज्ञासा राखेका थिए । संघका अध्यक्ष माधब प्रसाद पौडेलले चालु पूँजी कर्जा सन्दर्भमा नयाँ मापदण्ड लागू हुन लाग्दै गर्दा उद्योगीहरुका थुप्रै गुनासाहरु रहेको बताए । उनले नयाँ मापदण्डको बारेमा पूर्ण जानकारी समेत नहुँदा अन्यौलता देखिएका कारण अन्तक्र्रिया मार्पmत उद्योगीहरुका जिज्ञासाहरु मेटाउने र उद्योगीहरुका गुनासाहरु सम्बन्धित निकायमा पु¥याउने उद्देश्यका साथ कार्यक्रम गरिएको पनि बताए ।