२०८१ मंसिर २१
बुटवल ।
नवौं र्राष्ट्रिय खेलकुद प्रतियोगितामा २०७९ अन्तर्गत आइ. टि .एफ. तेक्वान्दो खेलको प्रदेश स्तरीय छनौट प्रतियोगिताको सुरु भएको छ ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यता तथा विशिष्ट अतिथि बुटवल उप–महानगर पालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठ रहेका थिए ।
आइ. टि .एफ. तेक्वान्दो संघ केन्द्रिय सदस्य नीर बहादुर सारु ,लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य हरिस बहादुर ओलि, आइ. टि .एफ. तेक्वान्दो संघ केन्द्रिय सदस्य बिरेन्द्र शाही, आइ. टि .एफ. तेक्वान्दो प्रदेश उपाध्यक्ष सुरज थापा, आइ. टि .एफ. तेक्वान्दो लुम्बिनी प्रदेश उपाध्यक्ष नवराज खरेल, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब जय प्रकाश भट्टराईले खेलकुद क्षेत्रको बिकासको लागि प्रदेश लागि परेको बताए । सिमित स्रोत साधनको बिच पनि कार्यक्रम अत्यन्तै उत्कृष्ट भएको भन्दै उनले उच्च मनोबलका साथ खेल खेल्न खेलाडीहरु निर्देशन दिए ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्ला देखि करिव ३५० खेलाडी अफिसियलहरुको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व आइ. टि .एफ. तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष रितमान कामु मगर ले गरेका थिए । संचालन संघका उपाध्यक्ष बिक्रम बाठा मगरले र लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य हरिष बहादुर ओलिको स्वागत मन्तव्य रहेको थियो ।