२०८१ श्रावण १२

रुपन्देहीमा पेस्तोलसहित तीन पक्राउ
  • लुम्बिनी खोज
  • २०७७ चैत्र १, आईतवार ०७:२४ गते

बुटवल १ चैत ।
रुपन्देहीमा पेस्तोलसहित तीन जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको मर्चवारीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । मर्चवारी ७ कन्चनापुर स्थित प्रहरी चौकी पाण्डेपिप्रहवाबाट प्रहरी सहयाक निरिक्षक कमल प्रसाद आचार्यको कमाण्डमा ३ जना र सशस्त्र बीओपी पुर्नीकोटबाट २ जना सशस्त्र प्रहरी जवान को संयुक्त टोलिले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको हो । युपी ५५ एन ४९४८ नम्बरको मोटरसाइकल शंका लागी खानतलसी गर्ने क्रममा कटुवा पेस्तोल एक थान फेला परेको हो । पेस्तोलमा गोली नभएको प्रहरीले जनाएको छ । जिप्रकाका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाका अनुसार उक्त मोटरसााइकलमा सवार तीन जनालाई उक्त हतियार सहितनियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।
शनिबार पक्राउ पर्नेहरुमा रुपन्देही सम्मरीमाई ७ बेतकुईया बस्ने कनै हरिजनको छोरा अन्दाजी २४ वर्षका सुरज हरिजन , सोही ठाउ वस्ने बंशिधर हरिजन को छोरा अन्दाजी २३ वर्षका तौलन हरिजन र भुन्डिहवा बस्ने सोहर अलि मुसलमान को छोरा अन्दाजी २६ वर्षका सकिल मुसलमान रहेका छन ।