२०८१ मंसिर २१
बुटवल ४ मंसिर ।
ग्लोबल आवाज अनलाईनका सम्पादक एनवि कडेल (नरबहादुर) को २०७९ मंसिर २ गते सवारी दुर्घटनामा परि ३८ बर्षको उमेरमा भएको निधनमा नेपाल पत्रकार महासंघ रुपन्देहीसहित विभिन्न क्षेत्रबाट शोक ब्यक्त गरिएको छ । महास.घ रुपन्देहीका सदस्य, ग्लोबल आवाज अनलाईनका सम्पादक एनवि कडेल (नरबहादुर) कोे निधनले स्तब्ध भएको महासंघले जनाएको छ । महास.घका सचिव विनोद परियारले शोक विज्ञप्ती जारी गर्दै मंसिर २ गते साँझ करिव ७ ः २० बजे रुपन्देहीको तिलोत्तमा २ जानकीनगरमा कंडेल सवार लु४४प ८२०१ नम्बरको मोटरसाईकललाई लु १ ख ५२७६ नम्बरको रेडिम्क्सिले ठक्कर दिदा घटनास्थलमै कडेलको मृत्यू भएको जनाएका छन ।
कंडेलको अल्पआयुमै मृत्यू हुँदा रुपन्देहीको पत्रकारिता क्षेत्र शोकाकुल बनेको छ । करिव एक दशकदेखि पत्रकारितामा सक्रिय कंडेलको निधनले रुपन्देहीले एक कर्मठ, जुझारु र सक्रिय पत्रकार गुमाउनुपरेको छ,– शोक शोक वक्तव्यमा भनिएको छ ।
बुटवललाई कर्मथलो बनाई पत्रकारिता गरेका कंडेलले १० बर्षअगाडि भ्यू क्याप्सन साप्ताहिकबाट पत्रकारिताथालेका थिए । स्व. कंडेल रेडियो समावेशि, खस्यौली एफएम, बुद्धभूमि साप्ताहिक हुँदै २०७६ सालदेखि ग्लोबल अनलाईनमा सम्पादकका रुपमा कार्यरत थिए । पत्रकारिता मार्फत समाज रुपान्तरणमा पु¥याएको योगदान अतुलनीय छ । साथै स्व. कंडेलको मृत्यूले पत्रकार महासंघ रुपन्देहीका सदस्य समेत रहेकी मञ्जु कंडेललाई पती वियोग परेकोमा हामी मर्माहत छौं ,–महासंघले भनेको छ ।स्व. कंडेलको श्रीमती मञ्जु कंडेल, ७ बर्षका छोरा मनिक र ७ महिनाकी छोरी मानवी छन् । महासंघले स्व. कंडेलप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
चौतारीद्धारा पनि शोक ब्यक्त
प्रेस चौतारी नेपाल रुपन्देहीका सदस्य एवं ग्लोवल आवाज अनलाईनका सम्पादक
एन.बी. कंडेल (नरबहादुर कंडेल) को निधनले सिंगो सञ्चार जगतलाई स्तब्ध
तुल्याएकोप्रेस चौतारीले जनाएको छ ।अध्यक्ष लक्ष्मण पौडेलद्धारा जारी शोक वक्तव्यमा
विगत डेढ दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका प्रेस चौतारीका सदस्य
कंडेलको निधनले सिंगो संगठनलाई अपुरणीय क्षति पुगेको जनाएको छ ।