२०८२ श्रावण ६
बुटवल,१ पुस
कालिका मानवज्ञान माबिद्वारा आयोजित दोश्रो जिल्लास्तरीय रनिङशिल्ड खेलकुद प्रतियोगिता शुक्रबार शुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव घिसिङले खेलकुद अहिले शिक्षाको अभिन्न पाटो बनेको र खेलले विद्यार्थीलाई स्वस्थ, अनुशासित बन्न मद्दत पुग्नेबताए । विद्यालयमै खेल्ने बाताबरण र प्रतिस्पर्धाका अवसरहरु उपलब्ध गराउनु पर्ने भन्दै उनले विद्यालय स्तरमा आयिजना गरिने खेलकुदका प्रतियोगिताहरु देशको लागि राम्रा खेलाडिहरु तयार गर्ने आधार भएकोले यस्ता कार्यक्रममा खेलकुद परिषदको सधै सहयोग रहने बताए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कालिकाले गुणस्तरीय शिक्षा र विद्यार्थीहरुको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको र यसै अन्तर्गत जिल्लाभरका विद्यार्थीहरुलाई खेलमा अवसर प्रदान गर्नका लागि आफ्नै बलबुताले जिल्लास्तरीय रनिङ शिल्द प्रतियोगिता आयोजना गरेको बताए ।
उदघाटन समारोहमा विद्यार्थीहरुले साङ्गितिक पिटि, मार्चपास र सास्कृतिक झाकी प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा हालै सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर विभिन्न खेलमा पदक जित्न सफल विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
रनिङ शिल्ड प्रतियोगितामा ५० वटा विद्यालयहरु सहभागी भएका छन । प्रतियोगितामा एथलेटिक्स , कबड्डि , भलिबल लगायतका खेलमा प्रतिस्पर्धा हुने खेल संयोजक हरिश बलिले बताए । शुक्रवार भलिबल प्रतिस्पर्धामा पर्ल सेकेन्डरी स्कूललाई तिलोत्तमा माबिले पराजित गरेको छ ।