२०८१ पुष ११

प्रदर्शनी स्थलमामा कृषि जन्य उद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक गोष्ठी हुने
  • लुम्बिनी खोज
  • २०७९ पुष ११, सोमबार १६:५९ गते

बुटवल ।
१५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही उद्योग संघले मंगलवार आज पुष १२ गते प्रदर्शनी स्थलमा रुपन्देहीमा कृषिजन्यउद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक एक दिने गोष्ठीको आयोजना गर्दैछ । स्वदेशी उत्पादनको पहिचान र व्यवसायिक प्रवद्र्धनका लागि आयोजित प्रदर्शनीमा कृषि जन्य उद्योगको सम्भावनाको खोजी गर्ने लक्ष्य सहित गोष्ठीको अयोजना गरिएको जनाइएको छ ।
गोष्ठीमा कृषिजन्य उद्योग व्यवसायको अवसर, सम्भावना र चुनौतीको अवस्थाका बारेमा दुई चरणमा गरी कृषि र भेटका विषयमा विषय विज्ञहरुको प्रस्तुती रहने गोष्ठी तथा सेमीनार उपसमितिका संयोजक राजु घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार पहिलो चरणमा कृषि क्षेत्रका अवसर, सम्भावना र चुनौतीका विषयमा लुम्बिनी प्रदेश कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत शिव अर्याल, बाली सुरक्षा अधिकृत घनश्याम चौधरी, वरिष्ठ कृषि अर्थविज्ञ हरि पण्डीत र वरिष्ठ वागवानीविकास अधिकृत सन्देश धितालको छुट्टाछुटै प्रस्तुती रहने छ भने दोस्रो चरणमा वरिष्ठ पशु विकास अधिकृत परवेज आलम, वरिष्ठ मत्स्य विकास अधिकृत दिपक भुसाल, पशु चिकित्सक डा. उत्तम आचार्य र पशु विकास अधिकृत हुमाकान्त पाण्डेको प्रस्तुति रहने छ ।
प्रस्तुत विषमा रुपन्देही उद्योग संघका आर्थिक सल्लाहकार तथा राममणी बहुमुखी क्याम्पसका सहप्रध्यापक डा.खगराज शर्मा र पशु चिकित्सक डा.गान्धीराज उपाध्यायले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । वक्ताहरुले रूपन्देहीमा कृषि र पशुका क्षेत्रमा भएको लगानी, लगानी मैत्री वातावरण, पूर्वाधार र चुनौतिका विषयमा तथ्य गत जानकारी गराउने जनाइएको छ । कार्यक्रममा प्रदर्शनीमा सहभागी कृषि क्षेत्रका स्टलधनी, उद्यमी र कृषकहरुको उपस्थिति रहने छ ।
रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा पुष ७ गतेदेखि जारी १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मा सोमवार पनी दर्शकहरुको सहभागिता र कारोवार उल्लेखनीय भएको प्रदर्शनी सचिवालयले जनाएको छ । प्रदर्शनी अवलोकन गर्न आएका अवलोकनकर्ताहरु खुशीका साथ अवलोकन गरेका थिए ।