२०८१ श्रावण १२

अब्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
  • लुम्बिनी खोज
  • २०७९ पुष १२, मंगलवार १७:१५ गते

बुटवल ।

संवाद समुह लुम्बिनीले समेत सहजिकरणमा सहकार्य गरेको भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अब्यवस्थित बसोवासीलाई पुर्जा वितरणको कार्य रुपन्देहीमा शुरु भएको छ ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीको अगुवाईमा अब्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ । नाप चाँजको काम सकिएको अब्यवस्थित बसोबासीहरुको जग्गाधनी प्रमाणपुर्जा ( लालपुर्जा ) वितरण सुरु गरिएको भूमि आयोग रुपन्देहीले बुटवल उपमहामनगरपालिका र मायादेवी गाउँपालिकाबाट सुरु गरेको हो । बुटवल उपमहानगरपालिकामा आज एक कार्यक्रमको आयोजना गरी १८ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरेको हो । बुटवल वडा नं. १९ का १२ र मायादेवि वडा नं. ८ का ६ जना जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरीको भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्यले जानकारी दिए । जिल्लामा करिब १ लाख अब्यवस्थित, सुकुम्बासी तथा भूमिहिन रहेको बताउँदै अहिले ३ हजार जग्गाधनीको लालपुर्जा तयार भएको आचार्यले बताए । जिल्लाको बुटवल देवदह, सैनामैना , कञ्चन , मायादेवि ,शिद्धार्थनगरमा नापँजाँच सकिएर लालपुर्जा वितरणको अन्तिम चरणमा रहेको आचार्यले बताए ।

लालपुर्जा तयार भएपनि सरकारले लिने राजश्व बढी हुँदा जग्गाधनी वितरणमा कठिनाई भईरहेको बताउँदै उनले सरकारले राजश्वको दायरालाई कम गर्नुपर्ने सुझाव दिए । आयोगका बिज्ञ सदस्य बन्द्र आलमले निर्वाचन आचारसंहिताले गर्दा काम गर्न ४ महिना ढिलाई भएको बताउँदै रुपन्देहीका १० वटा पालिकामा आयोगले कामलाई तिव्रता दिएको बताए। रुपन्देहीका ८ वटा पालिकाकामा नापि र श्रेष्तापुर्जाको काम भईरहेको छ।अब्यस्थित बसोबासमा रहेका स्थानीयले जग्गाधनी पाउँदा खुशी भएका थिए । केशव निरौलाको अध्यक्षतामा गठन भएको ३३ औं आयोगले रुपन्देहीमा लालपुर्जा वितरण गर्न सुरु गरेको हो ।