२०८१ आश्विन ८

नौलो सहकारीको १३औ वार्षिक साधारण सभा सम्पन्न
  • लुम्बिनी खोज
  • २०७९ पुष १६, शनिबार १३:१० गते

बुटवल ।
नौलो बहुउदेश्यीय सहकारी संस्थाको १३औ वार्षिक साधारण सभा तथा ५औ अधिवेशन एक कार्यक्रमका बिच शनिबार बुटबलमा सम्पन भएको छ । कार्यक्रमको जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलचानले उद्घाटन गरेका थिए । कार्यक्रमका बोल्दै अध्यक्ष तुलाचनले सहकारी  निति , बिधि र प्रविधिले चल्नु पर्ने बताए । उनले अहिलेको अबस्थामा सहकारीले लगानी गर्दा आफ्ना सहकारी सदस्यहरुसंग मात्र लगानी कारोबार गर्न आग्रह गरे । आफ्ना सहकारी सदस्य भन्दा बाहिर लगानी गर्दा लगानी नै दुर्घटना पर्ने खतरा छ । उनले भने सहकारीले लगानी गर्दा आफ्ना सहकारी सदस्यहरुमा मात्र लगानी गरौ ।

कार्यक्रममा नौलो सहकारीका सल्लाहकार वामदेव क्षेत्रीले सहकारी माध्यमबाट समाजमा छरिएर रहेको पूजीलाई उत्पादन मुलक क्षेत्रमा लगानी गरी सेयर सदस्यहरुको आयआर्जन बढाउन सहकारीले पहल गर्नुपर्ने बताए । उनले सहकारीमा जम्मा भएको पूजीलालाई उत्पादन र श्रम सिप संग जोडन सके रोजगारी अबसरहरु बढ्ने र आय आर्जन बढाउन सकिने तर्क गरे ।

कार्यक्रममा अध्यक्ष माधब प्रसाद श्रेष्ठले अध्यक्षको प्रतिबेदन प्रस्तुत गदै सहकारीलाई सेबामुखी नाफामुखी बनाई सदस्यहरुको ब्यबसायीक बृद्धी गर्नको लागी योगदान गर्ने बताए । साथै उनले सहकारी समानता ,सदभाब आपसी हित सहयोगको आदान प्रदान गदै शेयर सदस्यको आर्थिक उन्नतीमा अग्रसर रहेको जानकारी दिएका थिए ।

कार्यक्रममा लेखा समितिको प्रतिबेदन लेखा समिति सदस्य सीता पाण्डेले प्रस्तुत गरेकी थिइन भने कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष हिराबहादुर के।सी प्रस्तुत गरेका थिए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी बिभाग प्रमुख गुणाखर खनाल साथै बिभिन्न सहकारीबाट प्रतिनिधित्ब गर्ने प्रतिनिधि लगायतले सहकारीको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा उपाध्यक्ष ललिता बंशि ठकुरी स्बागत र सचिब सुदन अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।


सहकारीले बिभिन्न रेमीट्यान्स सेबा प्रदायकहरु संग सम्झौता गरी देश तथा बिदेसबाट पठाएको रकम सर्बसुलभ रुपमा रेमीटेयान्स सेबा दिई रहेको छ । जसमा आइएमई रेमिट ,आइएमई पे , नविल ,वेस्टन यूनियन , हिमाल रेमीट , प्रभु रेमीटबाट टेलिफोन ,बिजुली ,पानी बिलिङ, मोबाइल ब्यालेन्स द्वन्सफर लगायतका सेबा सुबिधा दिएको छ ।
नौलो सहकारी संस्था लि २०६६ सालमा डिभिजन सहकारी कार्यलय रुपन्देहीमा दर्ता भई २०७० मा बिनियम संसोधनगरी नौलो बहुउदेश्यीय सहकारी संस्था लि कायम भएको थियो ।