२०८१ श्रावण १२

जैसिथोक रुपन्देही सम्पर्क समाजद्धारा विबिध कार्यक्रम सम्पन्न
  • लुम्बिनी खोज
  • २०७९ पुष १६, शनिबार १४:२५ गते

बुटवल ।
जैसिथोक रुपन्देही सम्पर्क समाजले विबिध कार्यक्रम सम्पन्न गरेको छ । समाजले संकरनगर बनबाटीका बनभोज कार्यक्रम आयोजनागरी बिबिध कार्यक्रम सम्पन्न गरेको हो ।

जन्मथलो गुल्मी साबिक जैसिथोक गाबिस हाल धुर्कोट गाउपालिका बडानं ४ मा भई हाल रुपन्देही लगायतका जिल्लामा बसोबास गर्ने हरुका बिच जमघट बनभोजको आयोजना गरी गुल्मी जैसिथोक रुपन्देही सम्पर्क समाजले गराएको थियो । जसमा साबिक जैसिथोक गाबिस निबासी धुर्कोट गाउपलिका अध्यक्ष भुपाल पोखरेलसमेत सहभागि भए ।

कार्यक्रममा समाजले आजिबन सदस्य सम्मान र खेलकुद प्रतियोगिता र स्बास्थ जाचको कार्यक्रममको आयोजना गरिएको समाजका अध्यक्ष राजेन्द्र कुबरले जानकारी दिए । खेलकुद कार्यक्रम अन्तरगत कुर्ची डौड प्रतियोगिता ,घैटो फुटाउने खेल लगायतको आयोजना गरिएको थियो ।

प्रतियोगितामा बिजेताहरुलाई नगद पुरस्कारले सम्मान गरीएको समाजका कोषाध्यक्ष नारायण पोखरेलले बताए । कार्यक्रममा सास्कृतिक कार्यक्रमम समेत गरीएको थियो ।


जन्मथलो एकै ठाउ भएपनि कामको शिलशिलामा कर्मथलो रुपन्देही लगायत आसपासका क्षेत्रमा छरिएर रहेकाहरु बिच आपसि भाइचारा सबन्ध स्थापना गर्न र एक अर्कालाई परेका समस्याहरुलाई समाजको माध्यमबाट समाधान गर्न सकियोस भन्ने उदेस्यका साथ ०७३ सालमा जैशिथोक रुपन्देही सम्पर्क समाज गठन गरीएको थियो ।