२०८२ श्रावण ५

नवीनका कराते खेलाडीलाई विदाई
  • लुम्बिनी खोज
  • २०७९ पुष २७, बुधबार ०३:४० गते

बुटवल २७ पुस ।
बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रीता मा.बि. देवीनगरका प्रतियोगितामा भाग लिन जाने कराते खेलाडीहरुलाई बिदाई गरिएको छ ।


देवदह कराते डो एकेडेमीद्वारा देवदहको सनलाइट रिसोर्टमा पुस २७ देखी २९ गते सम्म आयोजना हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा बिद्यालयको तर्फबाट सहभागी हुन जाने खेलाडीहरुलाई विदाई गरिएको हो । नवीनका कक्षा ११ ब्यवस्थापन समुहका बुद्ध कृष्ण जि एम ६८ केजि , कक्षा ११ सिभिल इन्जिनियरिङ समुहका राहुल चौधरी ५५ केजि , ब्यवस्थापन समुह कक्षा १२ कि सुमना घर्ती मगर ४५ के जि र कक्षा ८ का अबिनाश घर्ती मगर ५० के.जि. का खेलाडीहरुलाई एक कार्यक्रम आयोजना गरी बिद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बिदाई गरेका छन ।
उक्त अवसरमा बिद्यालयका खेलकुद प्रशिक्षक नवराज खरेल , कराते प्रशिक्षक भुपेन्द्र सिंह थापा , डब्लु. टि. एफ. तेक्वान्दो प्रशिक्षक गणेश कुवर र कक्षा १२ ब्यवस्थापन समुहमा अध्ययनरत सुनिता बोगटी कोच लगायतको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा नेपाल, भारत, श्रीलंका , भुटान , बङगलादेश र क्यानडाका खेलाडीहरु बिच प्रतिस्पर्धा हुनेछ ।