२०८१ श्रावण १२

नवीनमा नमुना संसद, विद्यार्थीहरुले संसद कै झल्को दिए
  • लुम्बिनी खोज
  • २०७९ माघ १८, बुधबार ११:५५ गते

बुटवल, १८ माघ ।
संसदकै झल्को दिने गरी बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा नमुना संसद कार्यक्रम बुधवार सम्पन्न भएको छ । करिब २ घण्टा चलेको नमुना संसदमा शुन्य समय, विशेष समय देखि कानुन निर्माणका प्रक्रिया समेत भएका थिए ।


सत्ता पक्ष, प्रतिपक्ष, सभामुख देखि विभिन्न भुमिकासहितको नमुना संसदमा केही केही विद्यार्थीहरुको प्रस्तुती त सांसदहरुकै जस्तै थियो । कानुन समुहका मात्रै नभइ अन्य समुहका विद्यार्थीहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा प्रदेश सभामा नवनिर्वाचित सांसद जानकी न्यौपाने पनि उपस्थीत थिइन । विद्यार्थीहरुलाई सबै क्षेत्रको जानाकारी गराउनुपर्छ भन्ने उद्देश्यले विद्यालयले विभिन्न कार्यक्रमहरुमा जोड दिदै आएको विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए । नवीन यस क्षेत्रको सामुदायीक विद्यालयमा अब्बल विद्यालय मध्येमा पर्दछ ।
नवीन विद्यार्थी क्लवको आयोजनामा नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का कानुन समुहका विद्यार्थीको सह आयोजना र नयाँ युवा नयाँ सोच नेपालको सहकार्यमा संचालित कार्यक्रममा विद्यार्थीहरुको नमुना संसदको प्रस्तुती हेरिसकेपछि मन्तब्य राख्दै लुम्विनी प्रदेश सभा सदस्य न्यौपानेले विद्यार्थीहरुले उत्कृष्ट नमुना संसद कार्यक्रम संचालन गरेको भन्दै भावी दिनहरुमा अझै प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरिन । उनले समाज परिवर्तनको लागि नयाँ पुस्ता सकृय रुपमा अगाडी आउनु पर्नेमा जोड पनि दिइन । उक्त अवशरमा नेपाल सरकारका सह सचिव बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी शुरेश पन्थी, वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडे, बुटवल बहुमुखी क्याम्पस कानुन संकायका सहायक क्याम्पस प्रमुख जीवनारायण अधिकारी, लुम्विनी टेलिभिजनका महासचिव दिनेश पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल, विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, कानुन समूह इन्चार्ज अधिवक्ता लोक प्रसाद खरेल, नयाँ युवा नयाँ सोचका प्रशिक्षक विनोद खत्री, विज्ञान समुहकी विद्यार्थी अंकित पराजुली लगायतले मन्तब्य व्यक्त गरेका थिए । नवीन विद्यार्थी क्लवका कार्यक्रम संयोजक विवेक कुमार मिश्रको अध्यक्षतामा नवीन विद्यार्थी क्लवकी अध्यक्ष जुना परियारको संचालनमा सम्पन्न कार्यक्रममा सभामुखको भूमिका विनोद खत्रीले गरेका थिए भने उप सभामुखको भूमिका जुना परियारले गरेकी थिइन ।
उक्त नमुना संसद कार्यक्रममा उत्कृष्ट नेतृत्वकर्तामा प्रमुख प्रतिपक्षबाट विनिता पाण्डे, उत्कृष्ट वक्तामा सत्ता पक्षबाट अंकिता पराजुली र अनुसन्धान कर्तामा प्रमुख प्रतिपक्षबाट पिकी पासीभएकी छिन ।
सत्ता पक्षबाट बम बहादुर बि.क. ( प्रधानमन्त्री),अमिशन थापा ( गृह मन्त्री),फुल प्रसाद बि.सी. ( भौतिक पूर्वाधार मन्त्री),संदेश बिश्वकर्मा ( अर्थ तथा वाणिज्य मन्त्री ),राजन थापा (शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री),प्रकाश बि.सी. (प्रमुख सचेतक),को भुमिकामा रहेका थिए । नमुना संसद बैठकमा सन्ध्या सुबेदी (विशेष समय), (चिन्तामणि बि.क. (सुन्य समय),सिजन भट्टराई (विशेष समय),आयुष्मा कुँवर (शुन्य समय),सुरुची रेग्मी –विशेष समय), धन्यवाद चौधरी (सैद्वान्तिक छलफल ),आदेश कुँवर (दफावार छलफल),सिमा बस्याल (शुन्य समय),कबिता भट्टराई(शुन्य समय),इशा घर्ती मगर (शुन्य समय),सृष्टि खत्री (दफावार छलफल), अंकिता पराजुली ( सैद्वान्तिक छलफल), पम्फा घर्ती मगर ( विशेष समय),रीना चौहान (शुन्य समय) र सृष्टि थापा ( शुन्य समय) को प्रयोग गरेका थिए । प्रतिपक्षबाट विप्सना राई, विनिता पाण्डे, पिकी पासी, कान्ति परियार, अनुष्का बर्मा, राहुल पाण्डे, विजय प्रकास कुर्मी, सन्दिप परियार, सोनु वि.क., मिलन श्रीस र दिया कुमालले विभिन्न भूमिका निर्वाह गरेका थिए ।
उक्त नमुना संसद अभ्यास कार्यक्रममा वि.वि.स. सदस्य भरत कुमार रसाली, राजेन्द्र ढकाल, श्रीमाया श्रेष्ठ, सिमा पुन शिक्षक अभिभावक संघका जेष्ठ सदस्य वासुदेव भुसाल, संसदीय मामिला पत्रकार समाज लुम्विनी प्रदेश अध्यक्ष विष्णु प्रसाद घिमिरे, लुम्विनी टेलिभिजन समाचार प्रमुख भगवती पाण्डे, एपी १ टेलिभिजनका विष्णु घिमिरे, बुद्व टेलिभिजनका कपिल ज्ञवाली, दैनिक पत्रका राम प्रसाद आचार्य लगायतले नमुना संसद कार्यक्रमका बारेमा जानकारी लिएका थिए ।