२०८१ आश्विन ८

नवीनमा तेक्वान्दोको पेटि परिक्षा
  • लुम्बिनी खोज
  • २०७९ माघ २०, शुक्रबार १४:२२ गते

बुटवल २० माघ ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.बि. देवीनगरमा तेक्वान्दोको पेटि परिक्षा शुक्रबार सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य एवं तेक्वान्दो संघ लुम्बिनी प्रदेश सचीव राज कुमार पाण्डेको प्रमुख आतिथ्यतामा बिद्यालयमा विभिन्न कक्षामा अध्ययनरत ६२ जना डब्लुटिएफ तेक्वान्दो प्रशिक्षण गरेका विद्यार्थीहरुलाई प्रमुख अतिथिले प्रमाणपत्र बितरण गरे ।
बिद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा बिद्यालयका खेलकुद प्रशिक्षक नवराज खरेलको संचालनमा सम्पन्न कार्यक्रममा तेक्वान्दो प्रशिक्षक गणेश कुवरले प्रगति प्रतिबेदन पेश गरेका थिए ।