२०८१ आश्विन ८

नवीनमा सितोरियो करातेको दीक्षान्त कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७९ माघ २१, शनिबार १३:२३ गते

बुटवल २१ माघ ।
नवीन औद्योगिक सितोरियो करातेको दीक्षान्त कार्यक्रम विद्यालयमा सम्पन्न भएको छ ।
उक्त दिक्षान्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यार्थीलाई खेलमा आफ्नो क्षमता प्रदर्शन गरेर स्थापित हुन आग्रह गर्दै खेलले खेलाडीको व्यक्तित्व विकास, पहिचान हुने र खेलमा विद्यार्थीले विकास अनुशासन र गतिशिलतालाई आत्मसात गरेर अगाडि बढ्न सकेमा खेलाडीको भविष्य उज्ज्वल हुने धारणा व्यक्त गरे । उनले विद्यार्थीले पठनपाठनलाई व्यवस्थापन गर्दै अगाडि बढ्न सुझाव पनि दिए ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री माधव घिमिरे, रुपन्देही जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक उमेश थापा, रुपन्देही जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक एवं सितोरियो कराते रुपन्देहीका कोषाध्यक्ष प्रेम बहाहुर राना, कराते प्रशिक्षक भूपेन्द्र थापा लगायतको सहभागिता रहेको दीक्षान्त कार्यक्रममा ५५ जना खेलाडीहरु रहेका थिए ।
कार्यक्रम हालै देवदह कराते डो एकेडेमीको आयोजनामा आयोजित अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्णपदक विजेता बिद्यार्थी रहल चौधरी, रजत पदक विजेता बुद्धिकृष्ण घर्ती, सुमना घर्ती र कास्य पदक विजेता अविनाश घर्तीलाई विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले प्रमाण वितरण गरेका थिए ।