२०८१ श्रावण १२

बुटवलको राष्ट्रपति रनिङ्ग शिल्डमा कालिकाको २९ र नवीनको २६ पदक
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन ६, शनिबार १४:२९ गते

बुटवल, ६ फागुन ।
बुटवलमा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २९ पदक जित्दै कालिका मानवज्ञान माध्यमिक विद्यालय प्रथम भएको छ ।
कालिकाले १७ स्वर्ण, ७ रजत र ५ कास्य गरी २९ पदक जितेको हो । यस्तै, नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय २६ पदक जित्दै दोश्रो भयो । नवीनले ८ स्वर्ण, १२ रजत र ६ कास्य जितेको छ ।
न्यु होराइजन माध्यमिक विद्यालयले ६ स्वर्ण, ५ रजत र ३ कास्य गरी १४ पदक जित्दै तृतीय भएको छ ।
कान्ति माध्यमिक विद्यालयले २ स्वर्ण, १ रजत, ८ कास्य सहित ११ पदक, एभरेष्ट बोर्डिरुले २ स्वर्ण, १ कास्य पदक जितेको छ ।
दीप बोर्डिरुले १ स्वर्ण, ५ रजत, ५ कास्यसहित ११, इडन बोर्डिरुले १ स्वर्ण, २ कास्य, सिद्धार्थ गौतम बुद्धले १ स्वर्ण, नहरपुर माविले १ स्वर्ण, ४ रजत, ३ कास्य पदक जितेको छ ।
त्रिभुवन युनाइटेडले १ स्वर्ण, अक्सफोर्ड माविले १ स्वर्ण, २ रजत र ७ कास्य, एलबी नमूनाले १ रजत, उजिरसिंह माविले १ रजत, २ कास्य, सिद्धेश्वर लालकुमारी माविले १ रजत पदक जितेको छ ।
यस्तै लुम्बिनी बोर्डिले १ कास्य, ज्ञानोदयले १ कास्य, ग्लोरी बोर्डिरुले २ कास्य, नवरत्न माविले ५ कास्य, गार्गी एकेडेमीले २ स्वर्ण, १ रजत, ५ कास्यपदक जितेको छ ।
अन्नपूर्ण माविले १ स्वर्ण, १ रजत, १ कास्यपदक जितेको छ । मणिमुकन्द माविले २ रजत, १ कास्य, भवानी मावि १ रजत, मोतीपूर मावि २ कास्य, ज्ञानपुञ्ज माविले १ कास्य पदक जितेको हो ।
विजेता र उपबिजेताहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिल्ड, प्रमाणपत्र र नगद हस्तान्तरण गरे ।
पुरस्कार प्रदान गर्दै प्रमुख पाण्डेयले बुटवलबाट राष्टिय अन्तरराष्टिय स्तरमा सहभागी हुने गरी क्षमता विकासका लागि सहयोग गर्ने बताए ।
उनले खेलाडीलाई प्रोत्साहन गर्न यसपटक खेलाडीहरुको बीमा र नगदसहितको व्यवस्था गरिएको बताए। उनले बुटवललाई खेलका माध्यमबाट राष्टियस्तरमा परिचित गराउने गरी लाग्न खेलक्षेत्रका अगुवाहरुलाई आग्रह गरे।
प्रतियोगितामा सामुदायिकतर्फका १६ र संस्थागत तर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीहरुको सहभागी भएको प्रतियोगिता संयोजक हरि प्रसाद श्रेष्ठले जानकारी दिए।
प्रतिगोगिताअन्तरगत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा ४ सय ९४ टीमका १ हजार ९१ विद्यार्थी सहभागी भएको उनले बताए।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ र नगद प्रदान गरिएको प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताए ।