२०८१ श्रावण १२

यूएईमाथि नेपालकाे सनसनीपूर्ण जित, विश्वकपमा छनोट
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १८, बिहीबार १७:२३ गते
काठमाडौ । 

आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत आयोजक युनाइटेड अरब इमिरेट्सलाई ७ रनले हराउँदै नेपालले आगामी वर्ष यू–१९ विश्वकप खेल्ने भएको छ ।

छनोटअन्तर्गत विहीबार नेपाल र आयोजक यूएईबीच भएको खेलमा नेपालले यूएईलाई सात रनले हराएको छ । टस हारेर  पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभर खेल्दै १९२ रनको लक्ष्य दिएको थियो ।  १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा अल आउट हुँदै १८४ रनमा समेटिएको छ ।  नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाएका छन् । यस्तै विशाल विक्रम क्षेत्रीले ३८ रन, उत्तम रघु थापामगरले ३६ रन बनाए । युएईका ध्रुव पराशरले ३ विकेट लिएका छन् भने आयन अफजल खान र हरित हरिश शेठ्ठीले समान दुई विकेट लिएका छन् । यस्तै हर्शीत शेठ र अमर बडामीले समान १–१ विकेट लिएका छन् ।

१९२ रनको लक्ष्य पछ्याएको युएइले ३० ओभर मा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको छ । युएईका लागि इथान कार्ल डीसोउजाले ५०, आर्यन सक्सेनाले ३४, आर्यन शर्माले ३२, अमार मडामीले १९, ध्रुव पराशरले १७ रन बनाएका छन्  । नेपालका लागि दिपेश कँडेलले सर्वाधिक ५ विकेट लिएका छन् । हेमन्त धामी र सुवास भण्डारीले समान २–२  विकेट लिएका छन् ।