२०८१ श्रावण १२

जेसीआई भलवारीमा पदाधिकारी प्रशिक्षण
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २१, आईतवार ११:०६ गते

बुटवल २१ फागुन ।
जेसीआई भलवारी रूपन्देहीले शाखा पदाधिकारी प्रशिक्षण शनिबार सम्पन्न गरेको छ । शाखाका अध्यक्ष माधवप्रसाद पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा पदाधिकारीहरूका काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण दिइएको थियो ।

नेतृत्व विकास, व्यवसायिक विकास, सामाजिक दायित्व र अन्तर्राष्ट्रिय अवसरका क्षेत्रमा काम गर्नेसम्बन्धमा पदाधिकारीको भूमिकाबारे जेसीआईका अन्तर्राष्ट्रिय सहजकर्ता एवम् नेपाल जेसीजका प्रशिक्षक मुक्तिनाथ गैह्रेले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम संयोजक रूपेश पाण्डेय, शाखाका महासचिव भुवन नेपालको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै शाखाका कानुनी सल्लाहकार जीवन भट्टराई, कोषाध्यक्ष मिनप्रसाद तिवारी लगायतले शाखाको उद्देश्य प्राप्तिमा प्रशिक्षण प्रभावकारी हुने बताएका थिए ।