२०८१ श्रावण १२

तिलोत्तमा बक्तृत्वकला प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २१, आईतवार १२:१९ गते

बुटवल २१ फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १ सय १३ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा नगरपालिकाका विभिन्नि वडाबाट ११ जना प्रतियोगिहरु सहभागी भएका थिए । लैंगिक समानताको बलियो आधारः सृजनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार बिषयमा बक्तृत्वकला भएको थियो। प्रतियोगितामा तिलोत्तमा वडा न. ६ की कमला पाठक प्रथम, वडा नम्बर १३ की बिमला केसी दोस्रो भएकी थिइन । तिलोत्तमा २ नं की बसुन्धरा पाण्डेले तेस्रो स्थान प्राप्त गरेकी थिइन् भने सान्त्वना पुरस्कार वडा नम्बर ११ कि ममता गिरी र मिना अर्यालले प्राप्त गरेका छन् ।
लेखक प्राध्यापक तथा साहित्यकार ऋषिराम भुसाल, नेपाल पत्रकार महासंघ रुपन्देहीकी महिला उपध्यक्ष अमृता अनमोल, पत्रकार संजु पौडेल निर्णायक रहेको प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, दोस्रोले ८, तेस्रोले ६ र सान्त्वना पुरष्कार प्राप्त गर्नेले नगद ४र४ हजार प्राप्त गरेका छन् ।
नगर उप प्रमुख जागेश्वर देवी चौधरीको अध्यक्षता तथा नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आथित्यतामा सम्पन्न सो प्रतियोगितामा बिभिन्न वडाका वडा अध्यक्षहरु लगायत कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, राजनीतिक दल, सरोकारवाला निकाय, ब्यबसायिक तथा पेशागत संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रम नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सम्झना भण्डारीले संन्चालन गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले हरेक घरमा नारी शिक्षित हुन जरुरी रहेको बताए। उनले समाजको सृष्टी देखि बिकास समृद्धिका लागि नारीको सहभागिता र शिक्षित समाज निर्माणका लागि नारीको ठुलो भूमिका रहेको बताए।
नगर उप प्रमुख जागेश्वर देवी चौधरीले नारीको अधिकारका लागि पुराना पुस्ताले गरेको त्यागले आजका नारीहरु समाजमा स्थापित हुन सघाएको बताइन । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नारीको हक अधिकार र समान सहभागिताको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए। उनले नगरपालिकाले नारी सशक्तिकरणका लागि विभिन्न कार्यक्रम तथा उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याएको समेत बताए। कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, नेकपा एमालेका सचिव मिन प्रसाद पोख्रेल, साहसी कदम नेपालका आनीक राना, राष्ट्रिय जनमुक्ती पार्टीका राधिका श्रीस, जनता समाजबादी पार्टीका राजेन्द्र यादव, नेकपा एकीकृत समजबादिका रामचन्द्र भट्टराई,राप्रपा नेपालका राधिका पाण्डे, राष्ट्रिय जनमोर्चाका रुक बहादुर पराजुली , उद्योग बाणिज्य संघ तिलोत्तमाका महासचिव राजन पाण्डे,चेम्बर अफ कमर्शका बाबुलाल भुसाल,लगायतले नारिदिवासका बारेमा चर्चा गरेका थिए ।