२०८१ श्रावण १२

बुटवलमा चैत ४ देखि तिलोत्तमा गोल्डकप
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २४, बुधबार १२:२४ गते

बुटवल ४ फागुन ।
बुटवलमा आगामी चैत ४ गतेदेखि तिलोत्तमा गोल्डकप हुने भएको छ । तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि सुरू भएको प्रतियोगिताको २२ औं संस्करणको तयारी गरिएको हो । कोरोना महामारी लगायतका कारणले पछिल्लो समय चार वर्षसम्म रोकिएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आगामी चैत ४ गतेदेखि सञ्चालन हुने भएको छ ।
आयोजक रुपन्देही जिल्ला फुटबल संघले बुधबार पत्रकार सम्मेलन गरी चैत ४ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगितामा ८ वटा टिमले भाग लिने जानकारी दिएको हो । रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनका अनुसार प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, मनाङ मस्र्याङ्दी, रुपन्देही–११, थ्री स्टार, हिमालयन शेर्पा, फ्रेन्डस क्लब र सुदूर पश्चिम–११ ले प्रतिस्पर्धा गर्ने छन ।
प्रतियोगिताको बिजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ , उपबिजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने अध्यक्ष पुनले बताए । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ वा १ थान मोटरसाइकल÷स्कुटर पुरस्कार पाउने छन् । त्यस्तै उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचले ३० हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् । प्रत्येक खेलमा म्यान अफ द म्याचले ११ हजार एक सय ११ रुपैया पाउने छन । प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले ३५ लाख रुपैयाँ दिने अखिल नेपाल फुटबल संघ ९एन्फा०का केन्द्रीय उपाध्यक्ष समेत रहेका संघका पूर्व अध्यक्ष दीर्घबहादुर केसी ९कुमार०ले बताए ।